प्यूठानमा ७५ प्रतिशत बढी बालबालिको लगाए टाइफाइड बिरुद्धको खोप
अनुज पछाई , प्यूठान । जिल्लामा सञ्चालन भएको टाइफाइड खोप अभियानमा ७५ प्रतिशत बढी बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । प्यूठानमा गत चैत्र २५ गते देखि ३० गते सम्म जिल्ला व्यापी खोप अभियान सञ्चालन भएको थियो । जिल्लामा रहेका ८३ हजार ८४ जना बालबालिकालाई खोप प्रदान गर्ने लक्षय रहेतापनि ७५ प्रतिशत अर्थात ६२ हजार बढी बालबालिका ले खोप लगाएकोे स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खडकाले बताएका छन ।
जिल्लामा ४४२ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको थियो । १५ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई यो खोप प्रदान गरिएको छ । बिद्यालयमा रहेका अधिकासं बालबालिकाले खोप लगायतापनि बिद्यालय भन्दा बाहिर रहेका बालबालिका छुटेको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख अडकाले बताए । त्यस्तै छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य सस्थाबाट अझैपनि खोप प्रदान गर्न सकिने उनको भनाई रहेको छ ।
कोभिडको बुष्टर खोप सञ्चालन हुदै
यसैबिच कोभिड १९ बिरुद्धको पहिलो र दोस्रो डोज खोप लगाइसकेको लागी जिल्लामा अभियानकै रुपमा यहि बैशाख ११ गतेदेखि बुष्टर खोपको अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । दोस्रो डोज लगाएको ३ महिना पुगेकाले उक्त खोप लगाउन सकिने छ ।