समय : १०:०७ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

स्वर्गद्वारीमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित

सरुवा भएर गएकाको ठाँउमा अर्को नपठाउँदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो ।

स्वर्गद्वारी अपडेट | चैत्र ३ गते २०८२

प्युठान।प्युठानको स्वर्गद्वारी नगरपालिका अधिकृतविहीन भएको छ।सरुवा भएर गएकाको ठाँउमा अर्को नपठाउँदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो । 

प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि पालिकामा आर्थिक कारोबार, योजना सम्झौता लगायतका कामकाज रोकिएका छन्।आर्थिक कारोबार तथा योजना सम्झौताका लागि पालिका कार्यालय पुगेका उपभोक्ता खाली हात फर्कन बाध्य छन्। 

स्वर्गद्वारी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत केशवराज  भट्टराई पौष २५ गते सरुवा भएर गएका थिए।भट्टराई सरुवा भएपछि सामान्य कामकाजका लागि निमित्तका रुपमा सोहि नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसी  नियुक्त भएका थिए।फागुन १ गते देखि ४ गते सम्म आर्थिक जिम्मेवारी सहित स्वर्गद्वारी नगरपालिका पशुसेवा शाखाका प्रमुख हेमराज आचार्यलाई नि.प्र.प्र अधिकृतमा कामकाजको रुपमा  खटाईएको कर्मचारी स्रोतले जनाएको छ।कर्मचारी स्रोतको अनुसार नि.प्र.प्र अधिकृतको विवाद आएपछी  आचार्य भन्दा केसी सिनियर हुँदा अहिले स्वास्थ्य शाखा प्रमुख केसीलाई नै सामान्य कामकाजका लागि नियुक्त गरिएको स्रोतले बताएको छ।         

जिम्मेवारी पाए पनि  भट्टराई सरुवा भएर गएपछि योजना सम्झौता, सम्पन्न भएका योजनाको भुक्तानीमा समस्या, महत्वपूर्ण निर्णय र शसर्त योजनाहरुका ठेक्का प्रक्रियामा नहुनु जस्ता काम रोकिएका स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुख टेक प्रसाद भण्डारीले बताए ।

यो पनि पढ्नुहोस्