समय : ०५:३६ pm | बिहिबार , माघ २९ गते २०८२

दाङमा टिप्परको ठक्करबाट अटो चालकको मृत्यु

गम्भीर घाइते पुनको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

स्वर्गद्वारी अपडेट | माघ २९ गते २०८२

दाङ। दाङको देउखुरीस्थित कालाकाटेमा टिप्परको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय जोरकुमार पुनको मृत्यु भएको हो। बिहीबार बिहान भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्परले कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटोलाई ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख तथा प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गम्भीर घाइते पुनको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अटोमा विद्यालय जाँदै गरेका चार जना विद्यार्थी सवार रहेको र उनीहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढ्नुहोस्