समय : ०४:२३ pm | शनिबार , कार्तिक ८ गते २०८२

अर्घाखाँचीको छत्रदेवमा फोर्स गाडी दुर्घटना

स्वर्गद्वारी अपडेट | कार्तिक ८ गते २०८२

बुटवल । अर्घाखाँचीबाट बुटवल आउनेक्रममा फोर्स जिप दुर्घटनामा परेको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-५ ५ दौरा चौपारीमा दुर्घटना अर्घातोसदेखि बुटवल आउदै गरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । फोर्स गाडीको ब्रेक फेल भएपछि बाटो साइडमा गाडी दुर्घटनामा परेको थियो ।  गाडी पल्टिदा घाइते भएकाको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ड्राइभरलाई चोट लागेको बताइएको छ ।

गाडी पल्टिदा पार्किङ गरेर राखेको ट्याक्सीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । 

यो पनि पढ्नुहोस्