समय : ०६:४८ pm | शनिबार , कार्तिक ८ गते २०८२

माण्डवीमा चार रोपनीमा फुल खेती

‘हामीले माण्डवी गाउँपालिकामा प्लास्टिकको फुल प्रतिबन्ध गरेका छौ।’शाखा प्रमुखले भने–

लव कुमार अधिकारी | कार्तिक २ गते २०८२

प्युठान।प्लास्टिक जन्य फूलको आयात कम गर्न माण्डवी गाउँपालिकामा एक कृषकले व्यावसायिक फूल खेती सुरु गर्दै आएकी छन्।भाइटीका अर्थात तिहार पर्वलाई लक्षित गरि फुलखेती गरिएको हो।

माण्डवी गाउँपालिका–३ लामाचौर स्थित माण्डवी पुष्प खेती तथा नर्सरी फर्म मार्फत झण्डै चार रोपनी जमिनमा सयपत्री फूल लगाएको फर्म संचालक चेतकला केसीले बताईन।‘१ वर्षपहिला परीक्षणको रुपमा लगाइएको फूलले राम्रो बजार पायो।‘माण्डवी गाउँपालिका–३ निवासी के.सी.ले भनिन्–‘सयपत्री फूल बिक्रीबाट गतवर्ष करिव ४० हजार जति आम्दानी भएको थियो।’फूलसँग रमाउनेरुची भएकोले सानैदेखि फूल प्रति आफ्नो मोह बढि हुंदा फुल खेती नै सुरुवात गरेको केसीले बताईन। 

साउनमा लगाइएका सयपत्रीका बिरुवा अहिले फुलेर लटरम्म भएका छन्।फुल प्रति किलो ६ सयका दरले बिक्री गरेको उनको भनाई छ।रोपिएको सबै फुल बिक्रि हुने हो भने करिव ३ लाख जति आम्दानी हुने विश्वास लिएको बताईन।माण्डवी गाउँपालिकामा पहिलो पटक व्यवसायिक फुल खेति गर्ने आफुलाई बताउदै अब   पालिकाले सहयोग गरेमा नर्सरी संचालन गर्न समेत उनको भनाई छ।

टेनिस, कलकत्ते र लोकल गरी तिन प्रजातीका फुल उनको बारीमा ढकमक्क फुल फुलेको छ।नेपालीको दोस्रो ठूलो पर्व तिहार समेत नजिकिँदै गएका बेला बारीभरी पहेँलपुर बनेको फूलले सहजै बजार पाउने चेतकलाको विश्वास छ।१ वर्ष अघि मकै र गहुँ  खेती हुने बारीमा फूलखेती गरिएको उनले बताउछिन्।

बाहै्रमास सयपत्री उत्पादन गर्न सकेमा कुनैपनि सभा समारोहमा बाहिरबाट फूल आयात गर्न नपर्ने र व्यावसायीले समेत मनग्गे आम्दानी गर्न सकिने माण्डवी गाउँपालिका कृषि शाखा प्रमुख सनत के.सी.ले जानकारी दिए।‘हामीले माण्डवी गाउँपालिकामा प्लास्टिकको फुल प्रतिबन्ध गरेका छौ।’शाखा प्रमुखले भने– ‘तिहारमा जतिसक्दो सयपत्री एवं  प्राकृतिक रुपमा तयार भएका फूलबाट बनेका माला लगाएर स्थानीय फूल उद्यमीलाई प्रवद्र्धन गर्न अनुरोध गरेका छौ।’गाउँपालिका पहिलो पटक व्यक्तिगत पहलमा सुरु गरिएको व्यावसायिक फूलको खेती राम्रो छ।फूल बिक्रीका लागि पालिकाले पनि सहजीकरण गरिनुका साथै आगामी वर्षमा फूलको व्यावसायिक खेतीका लागि इच्छुक किसानलाई पालिकाले सघाउने शाखा प्रमुख केसीको भनाई छ।

पालिकाले ५० प्रतिशत अनुदानमा टनेल निर्माण गरिदिनुका साथै प्राबिधिक सहयोग गरेको शाखा प्रमुख केसीले बताए।        

यो पनि पढ्नुहोस्