समय : ०५:२५ pm | बिहिबार , माघ १ गते २०८२

कार्तिक ३० सम्म मतदाता नामावली संकलन

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।

स्वर्गद्वारी अपडेट | असाेज ९ गते २०८२

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने भएको छ ।  

बिहीबार बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुमा दर्ता गर्न सकिने जानकारी दिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यादेश रहेको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने कानुनी व्यवस्थालाई सरकारले अध्यादेश ल्याएर सो व्यवस्था संशोधन गरेर जेनजी युवाहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागेको हो ।

यो पनि पढ्नुहोस्