प्युठान।प्युठानको माण्डवी गाउँपालिकाले मृतक परिवार सँगको सम्झौता कार्यन्वयन गरेको छैन।२०८० माघ महिनाको २८ गते सोहि पालिकाको वडा नम्बर १ देबिस्थान डाँडामा माण्डवी गाउँपालिकाको रा १ क ७७३ नम्बरको ब्याक हो लोडरले किचेर ठग बहादुर घर्तीको मृत्यु भएको थियो।
मृतकको परिवारलाई क्षतिपूर्ति बापत माण्डवी गाउँपालिकाले दश लाख रकम तत्काल उपलब्ध गराउने सम्झौता भए पनि हालसम्म ५ लाख मात्र उपलब्ध गराएको मृतकका बुहारी शान्ता घर्तीले बताईन।पालिकाले बिमा बापत २०८१ जेठ १२ गते ५ लाख रुपैंयाँ मात्र उपलब्ध गराएको थियो।उनले भनिन,‘सम्झौता अनुसार घटना घटेपछी तत्काल रकम उपलब्ध गराउने शर्तमा हामि मन्जुर भएका थियौ।’ तर १६ महिना पुरा हुँदा पनि पालिकाले बाँकी रकम दिन नखोजेको आरोप समेत पिडित घर्तीले बताईन।
सोही घटनामा संलग्न रहेका माण्डवी गाउँपालिकाका ब्याक हो लोडरका चालक सुवास घर्ति ११ महिना सम्म जिल्ला कारागार प्युठानमा थुनुवामा बसेका थिए।पालिकाको लापरबाहीले गर्दा आफु सँग सवारी साधनको लाइसेन्स हुँदा समेत थुनुवामा रहेको उनले बताए।२०८१ पुस महिनामा चालक घर्तिको रिहा भएका हुन्।
उता भने पालिकाका अध्यक्ष नमराज अधिकारीले पटक-पटक मृतक परिवारको घरमै पुगेर २०८१ असार मसान्तसम्म सबै रकम चुक्ता गरिदिने विश्वास ब्यक्त गरेता पनि हालसम्म बाकी रकम उपलब्ध नगराएको मृतकका जेठा छोरा धन बहादुर घर्तीले बताए।उनले भने,‘सोहि मुद्दामा ३ पटक जिल्ला प्रहरी कार्यालय र २ पटक जिल्ला अदालतमा उपस्थित भएको सुनाए।’ सम्झौता अनुसार सबै आउने जाने पोस्टमार्टम गर्ने खर्च समेत पालिकाले उपलब्ध गराउने शर्त थियो तर हालसम्म यी खर्च पनि नदिएको पिडित घर्तीले बताए।
मृतकका परिवारलाई १० लाख उपलब्ध गराउने दुवै पक्षबीच मन्जुरी भई सहमति भएपछी म वडा अध्यक्षको हैसियतले सम्झौता पत्रको रोहबरमा रहेर हस्ताक्षर गरेको सोही वडाका वडाध्यक्ष बाम बहादुर बुढाले बताए।मैले पटक-पटक कार्यपालिकाको बैठकमा यो कुरा उठाउदै आएको छु।उनले भने,‘मैले पालिकाका अध्यक्षलाई व्यक्तिगत तरिकाले धेरै पटक भनिसके तर अझै थप रकम उपलब्ध नगराएर पिडित पक्षलाई पिडामा राखेको वडाध्यक्ष बुढाले बताए।’ पालिकाको उपाध्यक्ष जस्तो जिम्मेवारी पदमा बसेर सम्झौता पत्रमा हस्ताक्षर गरेर कार्यन्वयन गर्न नसक्नेले जनतालाई न्याय दिनु साटो झन् अन्याय गरेको उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीलाई वडाध्यक्ष बुढाले आरोप लगाएका छन्।
माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले पिडित पक्षसँग हामीले गरेको सम्झौता अनुसार पालिकाले अनुमोदन नगरेको बताएका छन्।यस बिषयमा अध्यक्ष ज्यु संग समन्वय गर्नु कार्यपालिका बैठकमा कुरो उठेको तर निर्णय नभएको उनको भनाई छ।
पालिकाका अध्यक्ष नमराज अधिकारीले मुद्दाको प्रकृति अनुसार रकम निकासा हुन ढिला भएकै हो तर हामीले दिन्नौ भनेका होईनौ मात्र भन्ने तर हालसम्म बाकि रकम आत्तोपत्तो नभएको पिडित पक्षले बताएका छन्।
माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद भण्डारीले सम्झौता अनुसार पालिकाले उक्त रकम निकासा गर्न नसकिने उनले बताए।
सो सम्झौता पत्रमा माण्डवी गाउँपालिकाका प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी बलराम पौडेल,कम्युटर अपरेटर तुफान अधिकारी माण्डवी गाउँपालिका १ वडाध्यक्ष बाम बहादुर बुढा सोहि वडाका वडा सचिव चेतन अधिकारी र मृतक ठग बहादुरका जेठा छोरा धन बहादुर घर्तीको हस्ताक्षर रहेको छ।
जनप्रतिनिधिको क्षेत्राधिकार बाहिर रहेर उक्त सम्झौता पत्रमा पालिकाको उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले हस्ताक्षर गरेका हुन्।