समय : ०६:१६ pm | सोमबार , जेठ १९ गते २०८२

प्युठानको नदीमा अबैध उत्खनन्, जेसिवी  र टिप्पर नियन्त्रणमा

झिमरुक गाउँपालिकाले दुईवटै घटनामा संलग्न सवारी साधनलाई १५/१५ हजार रुपैयाँ जरिवाना तिराएको हो।

स्वर्गद्वारी अपडेट | जेठ ११ गते २०८२

प्युठान।प्युठान प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ दोहन तथा उत्खनन् गर्ने, जेसिबी–३, टिप्पर–४ वटा नियन्त्रणमा लिएको छ।अबैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा,गिटि,बालुवा,ग्राबेल) दोहन, उत्खनन् गरिरहेको अवस्थमा प्रहरीले जेठ १० र ११ गते नियन्त्रणमा लिईएको हो।

झिमरुक र माडी खोलाबाट अवैध उत्खनन गरिरहेका प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिई स्थानीय पालिकालाई बुझाएको छ।झिमरुक गाउँपालिका–७ स्याउलेघारी, वडा–३ साठ्ठीमुरे र प्युठान नगरपालिका–१ भलवाङबाट उत्खननमा संलग्न सवारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

झिमरुक गाउँपालिकाले दुईवटै घटनामा संलग्न सवारी साधनलाई १५/१५ हजार रुपैयाँ जरिवाना तिराएको हो। प्युठान नगरपालिकाले भने माडी खोलाबाट नियन्त्रणमा लिएको सवारीलाई ९ हजार रुपैयाँ जरिवाना गरेको छ।

यो पनि पढ्नुहोस्