प्युठान।विषालु सर्पले डस्दा ऐरावती गाउँपालिका–६ विजुली कि महिलाको ज्यान गएको छ।
शनिबार राती करीव ८ बजेतिर सर्पले डसेपछि अमृता गुरुङलाई उपचारका लागि स्वर्गद्धारी नगरपालिका–९ लामाचौर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।
आइतबार विहान ४ बजे केन्द्रमा पुर्याइएकी गुरुङको उपचारको क्रममा ज्यान गएको केन्द्रका प्रमुख हेमराज पौडेलले जानकारी दिए।“विरामीलाई करेत सर्पले डसेको थियो,” पौडेलले भने,“विरामी आईपुग्न ढिला भइसकेको थियो।”
भारतमा बस्दै आएकी ३३ वर्षीय गुरुङ कुलपुजा मनाउन परिवार सहित केहिदिन अघि घर आएकी थिइन्।