प्युठान।प्युठान करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०८१/०८२ को चैत्र मसान्तसम्म करदाता सेवा कार्यालय प्युठानले बिभिन्न शीर्षकबाट २७ करोड ७ लाख रूपैयाँ मात्र राजस्व उठाएको छ।०८१/८२ असार मसान्तसम्म ६० करोड ९७ लाख ४४ हजार ४ सय ६१ रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएको कार्यालयले जनाएको छ।
करदाता सेवा कार्यालयले प्युठान र रोल्पाको ३ स्थानीय तह बाहेक अन्य तहहरुका करदाताबाट राजस्व उठाउदैं आएको करदाता सेवा कार्यालय प्युठानका प्रमुख चन्द्र प्रकास रेग्मीले बताए।उनले भने, ‘ठुला कारोबार गर्ने करदाताहरुको संख्या कम भएको छ।’आर्थिक वर्ष ०८०/०८१ चैत्र मसान्तसम्म २३ करोड ३४ लाख ११ हजार १५० राजस्व संकलन भएको थियो तर चालु आवको चैत्र मसान्तसम्म हेर्नेको भने २ करोड ७१ बढी राजस्व संकलन गरेको अधिकृत रेग्मीको भनाई छ।
साथै आर्थिक वर्ष ०८१/०८२ चैत्र मसान्तसम्म नयाँ व्यवसायी दर्ता ७ सय ६२ र खारेजी फर्म ३ सय ८० वटा रहेको छ।यस अवधिका करदाता सेवा कार्यालय प्युठानबाट कर शिक्षा कार्यक्रम बिभिन्न ५ स्थानमा हुनुको साथै २ सय १४ जना कार्यक्रममा सहभागी रहेको कार्यालयले जानकारी दिएको छ।
करदाता सेवा कार्यालय प्युठानले यो अवधिमा उठाएको मध्ये आयकर, मुअ कर र अन्त शुल्क कर राजस्वमा सबभन्दा धेरै उठेको हो।