समय : ०६:५२ am | आइतबार , जेठ १८ गते २०८२

प्युठानमा युवा संघमा पाण्डे वाईसीएलमा विश्वकर्मा चयन

स्वर्गद्वारी अपडेट | वैशाख ३० गते २०८२

प्युठान।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल प्युठानको अध्यक्षमा महेश पाण्डे चयन भएका छन्।सोमबार बिजुवारमा सम्पन्न ११औं जिल्ला अधिवेशनले पाण्डेको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
यस्तै, किरण पन्थी उपाध्यक्ष, सिताराम भट्टराई सचिव, साजन केसी र गणेश राना सह-सचिव, तथा सन्दिप केसी कोषाध्यक्ष चयन भएका छन्।

त्यस्तै,नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपाल, प्युठानको अध्यक्षमा गौमुखी गाउपालिका निवासी सुरेश विश्वकर्मा चयन भएका छन्।मंगलबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
नवगठित समितिमा उपाध्यक्षहरूमा किरण खड्का (प्युठान नगरपालिका), बसन्त विक (झिमरुक) र डम्मर खड्का (माण्डवी) रहेका छन्। सचिवमा तारा चन्द (स्वर्गद्वारी) चयन भएका छन् भने सह-सचिवहरूमा संसार थापा (प्युठान नगरपालिका), विपिन पोखरेल (सरुमारानी), चित्र बहादुर पुन (नौबहिनी), सेरचन रसाइली (नौबहिनी) र निशा मगर (प्युठान नगरपालिका) रहेका छन्। कोषाध्यक्षमा जुना परियार (झिमरुक) चयन भएकी छन्।

यो पनि पढ्नुहोस्