समय : ११:४६ pm | मङ्गलबार , फागुन २७ गते २०८१

तिरामको बाटोमा लोड टिप्पर चलाउन रोक      

स्वर्गद्वारी अपडेट | फागुन २६ गते २०८१

प्युठान।माण्डवी गाउँपालिका वडा १ त्रिबेणी तिराम हुँदै मुर्कुटि जोड्ने सडकमा लोड टिप्पर गुड्नमा रोक लगाइएको छ।आज वडा कार्यालय तिरामले बिज्ञप्ति प्रकाशन गरि गुड्नमा रोक लगाइएको हो।    

२०८० फागुनमा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रतिनिधि,शुभ श्री सिमेन्टका प्रतिनिधि र स्थानीय समुदाय बीच सहमति भएको माण्डवी गाउँपालिका वडा १ का वडाध्यक्ष बाम बहादुर बुढाले बताए।‘दैनिक ५० खालि टिप्पर गुड्ने सहमती भएको थियो’ वडाध्यक्ष बुढाले भने, ‘शुभ श्री सिमेन्ट उद्योगले जबरजस्ती लोड टिप्पर चलाउन थालेपछी हामीले रोक लगाएका हौ।’ समुदायको मागलाई मध्यनजर गर्दै वडाले बिज्ञप्ति निकालेको उनले बताए।उद्योगले अटेरी नगरी सहज बाताबरण बनाउनको लागि आग्रह समेत गरेका छन्।  

सबै भन्दा ठूलो कुरा अवैधानिक भार बोकेर हिंडिराखेका सवारी नियन्त्रण गर्न नसकेको अवस्था नै सबै भन्दा ठूलो कारण देखिन्छ सडकको आयु कम हुनुमा।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्