प्युठान।माण्डवी गाउँपालिका वडा २ रातापानिमा एक दम्पति मृत अवस्थामा फेला परेका छन्।आफ्नै घर भित्र ति दम्पतीको शव फेला परेको हो।
स्थानीयका अनुसार ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया श्रीमती हुकुमा परियार शुक्रबार राति खाना खाएर सुतेका थिए। तर बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए। स्थानीयले प्रहरीलाई खबर गरे संगै प्रहरी घटनास्थलमा पुगेको थियो।प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।