प्यूठान।बसको ठक्करबाट प्यूठानमा डेढ बर्षिया बालिकाको मृत्यु भएको छ।
बिहिबार मध्यान्ह १२ बजे बाग्दुलाबाट फोप्ली जाँदै गरेको ना ४ ख १३०९ नम्बरको बसको ठक्करबाट नौबहिनी गाउँपालिका ७ अस्मिता पुन मगरकी डेढ बर्षिया छोरी तिर्सना पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृतक बालिकाको पोस्टमार्टको लागि जिल्ला अस्पताल बिजुवार पुर्याइएको छ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।