समय : ०६:३६ am | मङ्गलबार , माघ २२ गते २०८१

गौमुखीमा माघमै फुल्यो लालीगुराँस

स्वर्गद्वारी अपडेट | माघ २० गते २०८१

प्युठान। प्युठान जिल्लाको उत्तरी भेगमा लालीगुराँस फुल्न थालेका  छन्। गौमुखी गाउँपालिका-३ रजवारा क्षेत्रमा पर्ने पर्यटकीयस्थल झाक्रीढुँङ्गा आसपासका बनमा लाली गुराँस फुलेका हुन्।

विगतका वर्षमा फागुनमा फुल्ने राष्ट्रिय फूल लालिगुँरास यस वर्ष माघमै फुलेको हो। फागुनको अन्तिम सातादेखि फुल्न सुरु गर्ने र चैतसम्म रहने गरेको थियो।यस वर्ष भने नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिकाको बन क्षेत्रमा माघबाटै लाली गुराँस फुलेको छ।

समुद्री सतहदेखि १ हजार ४०० मिटर उचाइदेखि १ हजार ५५० मिटर उचाइका जंगलमा लालीगुराँस फुल्न थालेको अनुमान गरिएको छ। जलवायु परिवर्तनका कारण फागुन चैतमा फुल्ने लालीगुराँस करिब १ महिना अगावै फुलेको हो।चैतमा हुने तापक्रम फागुनमा, फागुनमा हुने तापक्रम माघमा हुन थालेपछि फागुन चैतमा फुल्ने लालीगुराँस माघ फागुनमा फुल्न थालेको गौमुखी गाउँपालिकाको उपाध्यक्ष महावीर रानाको भनाई छ।समय अगावै लाली गुराँस फुल्नुको मुख्य कारण जलवायु परिवर्तन रहेको उनले बताए। यो वर्ष हिमपात र पानी पनि समयमै परेको छैन । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्