समय : १२:२१ pm | बिहिबार , मंसिर ६ गते २०८१

चकचेक मेलामा सोरठी, मारुनी र सराय नाँच हेर्ने दर्शकको घुईचों  

राधिका भुषाल | मंसिर ३ गते २०८१

प्यूठान।माण्डवी गाउँपालिका–५ चकचके स्थित सोरठी, मारुनी र सराय नाँच प्रदर्शन भएको छ।जिल्लामा विभिन्न ठाउँबाट मेला अवलोकन गर्ने दर्शकको घुइचों लागेको थियो।

आज आइतवार मेलामा प्युठान नगरपालिका १ खैराको सँराए नाँच, माण्डवी गाउँपालिका २ पुकरुकको देउसी भैलो, सोरठी र मारुनी नाँच, माण्डवी गाउँपालिका रातापानीको पनि देउसी भैलो सहितको नृत्य प्रस्तुत गरिएको थियो ।

मैदानमा पहिलो पटक सराँए नाँच देखेका दर्शकहरु अचम्मित समेत परेका थिए।मेलालाई पाँच हजार बढि दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

हातमा खुँडा  र तरवार सहितको हतियार लिएर झट्ट हेर्दा युद्धका लागि तयारी गरेको झल्को आउने सराय नाँच तिहार पछि  प्यूठानका विभिन्न स्थानहरुमा प्रर्दशन हुने गर्दछ । नयाँ पुस्ता तथा युवा पुस्ताहरुमा सराय नाँच र मारुनी नाँचको आकर्षण र प्रोत्साहन गर्न यस वर्ष मौलिक यी नाँचहरु प्रदर्शन गरिएको चकचके युवा समुहका अध्यक्ष  डम्बर खड्काले बताए । 

स्थनीय नाँच सहित बर्षेनी हुने चकचके मेलामा पहिलो पटक सराय नाँच प्रदर्शन गरिएको हो ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्