प्यूठान।तिहार पछिको द्धितिया तीथिको अवसरमा चकचके मेलामा प्यूठान नगरपालिका १ खैराका महिलाहरुले तरवार नचाएका छन् । पछिल्लो समय तरवार नाँचमा महिलाहरुको आर्कषण बढ्न थालेको छ ।
आइतवार माण्डवी गाउँपालिका ५ चकचके स्थित मेलामा महिलाहरुले तरवार नचाएका हुन । करिब २० जनाको समुहमा आएका महिलाहरुले देउसी भैलो समेत खेलेका थिए।उक्त मेलामा मारुनी, सोरठी र देउसी भैलो समेत खेलेका थिए।ऐतिहासिक द्धितिया चकचके मेला करिब पाँच हजार बढि दर्शकले अवलोकन गरेको मेला आयोजक डम्बर खड्काले बताए । आगामी दिनमा मेलालाई अझै व्यवस्थित गर्ने खड्काले बताए ।