प्यूठान।स्वर्गद्वारी नगरपालिका ५ सारीमा विगत ८ वर्ष देखी अलपत्र अवस्थामा रहेको हनुमान मन्दिरको निर्माण हुदैछ।स्वर्गद्वारी नगरपालिका ५ उपल्लो सारीका ओबिराम पौडेलले व्यक्तिगत लगानीमा मन्दिर निर्माण गरिदिने सोही वडाका वडाध्यक्ष गिर वहादुर घर्तीले जानकारी दिए।
सोमबार मन्दिर निर्माणको शुभारम्भ गर्दै वडाध्यक्ष घर्तिले समाजसेवी ओबिराम पौडेलको आमाबुबालाई जन्मदिनको शुभकामना दिदै समाजको सकारात्मक विकाससँगै धार्मिकस्थलको संरक्षणमा अग्रसर भएर लागेका पौडेलप्रति आभार प्रकट गरेका छन।केही वर्ष पहिले मन्दिर निर्माणको लागी गाविस, जिल्ला समन्वय समिति तथा अन्य निकायबाट थोरै बजेट परेको थियो त्यसपछि मन्दिर अलपत्र अवस्थामा रहेको एक स्थानीयले बताए।
त्यस्तै समाजसेवी ओबिराम पौडेलले आफ्नो गाउँमा विभिन्न थानको निर्माण, सडक मर्मत,मन्दिरमा कलस दिने लगायतका कार्यमा सहयोग गर्दै आईरहेका छन।उनि रोजगारीका लागी साउदीअरवमा कार्यरत छन्।