समय : ०९:१० am | शुक्रबार , कार्तिक २ गते २०८१

प्यूठानमा कार दुर्घटना ४ जना घाईते

सन्तोष सुनार | असाेज ३० गते २०८१

प्यूठान। प्यूठानमा कार दुर्घटना हुँदा ४ जना घाईते भएका छन । बुधबार स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीको  टाकुरा थुम्कामा भारतीय नम्बर प्लेट यूपी ५६ ए ए ४२२२ को कार ब्रेक फेल हुदा सडकबाट बिस मिटर तल जङ्गलमा गएको ईलाका प्रहरी कार्यालय भिंग्री प्रहरी निरिक्षक नविन कुमार थापा क्षेत्रीले जानकारी दिए। कारमा चालक सहित पाँच जना रहेका मध्ये चार जना घाईते भएको प्रहरी निरिक्षक थापाले बताए ।

घाईतेहरुमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का विरेन्द्र पाण्डे, वर्ष ४३ को सुभद्धा पाण्डेको टाउकोमा चोट लागेको , वर्ष १७ की जया पाण्डे टाउको र शरीरको भित्री भागमा चोट लागेको छ । त्यस्तै वर्ष ५५ वर्ष की शिला पाण्डको भित्री भागमा चोट लागेको छ भने चालक वर्ष ४५ का अलिलेख कुमार पाण्डे सामान्य रहेको छन । घाईतेहरुको प्राथामिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भईरहेको छ । यो घटना दिउसोँ १:३० बजेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्