समय : ०६:२९ pm | बिहिबार , मंसिर ६ गते २०८१

स्वर्गद्वारीमा अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर हस्तान्तरण

सन्तोष सुनार | असाेज ४ गते २०८१

प्यूठान।जिल्लाको स्वर्गद्वारी नगरपालिका भित्रमा रहेका अपाङ्गता व्यक्तिहरुलाई ह्वील चेयर हस्तान्तरण गरिएको छ। विहिवार स्वर्गद्वारी नगरपालिकाद्वारा पाँच जनालाई ह्वील चेयर हस्तान्तरण गरिएको नगर प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिए।

ह्वील चेयर पाउनेमा स्वर्गद्वारी नगरपालिका ४ बस्ने हुकुम दमाई, आसा परियार, वडा ७ निवासी पदम प्रसाद गोराथोकी , वडा ८ निवासी निमा बस्नेत र रेख बहादुर बस्नतेलाई हस्तान्तरण गरिएको हो। शारीरिक अपांगता रहेकोले हिंडडुल गर्न सहज होस र आत्मबलमा हौसला मिलोस भन्ने उदेश्यका साथ  ह्वील चेयर प्रदान गरिएको नगर प्रमुख भणडारीले बताए।

नगरवासीहरुमा अन्य कोही शारीरिक अपाङ्गता कोही हुनुहुन्छ भने नगरपालिकालाई जानकारी गर्न आग्रह गर्दै नगरवासीहरुको समस्याहरु समाधान तथा सेवा दिनु हाम्रो दायित्व रहेको समेत प्रमुख भण्डारीको भनाई छ।

ह्वील चेयर पाउदा स्थानीहरु खुसी भएको बताउदै नगरवासीहरुमा दिनदु:खी अपाङ्गतालाई पालिकाबाट प्राप्त हुने हक अधिकारी दिन र संरक्षण गर्न नगर प्रमुख भण्डारीलाई आग्रह गरेका छन । स्वर्गद्वारी नगरपालिका वडा ४ का अध्यक्ष सुवर्ण कुमार श्रेष्ठ र वडा ५ का अध्यक्ष गिर बहादुर घर्तिले वडामा रहेका अपाङ्गता र दिन दुखीलाई सहयोग र संरक्षण गर्दे आएका छन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्