समय : ०९:४८ pm | बिहिबार , असाेज ३ गते २०८१

माण्डवी ३ मा प्लाष्टिकका फुलमाला रोक

सन्तोष सुनार | असाेज २ गते २०८१

प्यूठान।प्यूठानको माण्डवी गाउँपालिका वडा - ३ मा चार्डपर्वमा प्लास्टिकका  मालाहरुमा रोक लागाइएको छ।  बुधवार वडा कार्यालयले सुचना निकाली    २०८१ सालको  चार्डपर्वहरु  (विजयादशमी , शुभ–दिपावली तथा छट ) पर्वलाई मध्येनजर गरेर आयात, विक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा  प्रतिबन्ध लागइएको पत्रमा उल्लेख रहेको छ। 

स्थानियले उत्पादन गरेका  फुलहरुलाई प्रोत्साहन दिइने तथा प्रयोग गरिने वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए । स्थानीयमा  उत्पादन फुलहरु  प्रयोगमा  आउदा किसानहरुलाई हौषला   र आर्थिकमा पनि टेवा पुग्ने वडाध्यक्ष कार्कीले बताए। 

सरोकारवाला , ब्यापारी  तथा वडावासीहरुमा  प्लाष्टिकका फुलहरु   आयात तथा विक्री वितरण  नगर्न  वडाअध्यक्ष कार्कीको आग्रह गरेका छन् । यदि  कसैले अटेरी गरी आयात गरी विक्री वितरण  गरेको पाइएमा  कानुन बमोजिमको कारवाही गर्ने वडा कार्यालयले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्