समय : ०५:२३ am | आइतबार , भाद्र २२ गते २०८१

झिमरुक गाउँपालिकामा सुचना पाउनै आलटाल  

स्वर्गद्वारी अपडेट | श्रावण १ गते २०८१

प्युठान।प्युठानमा ९ स्थानीय तहहरु छन्।गाउँ-गाउँमा सिंहदरबारको  अधिकार सहितका स्थानीय तहका कार्यालयमा संविधानले हरेक सार्वजनिक सरोकारका विषयमा नागरिकहरूले जान्न पाउने अधिकार प्रदान गरेको छ।सार्वजनिक सरोकारका सूचना एवं जानकारी पाउनका लागि सूचनाको हकसम्बन्धी ऐन एउटा औजारको रुपमा नागरिकसामु प्रदान गरिएको छ।

प्युठानको झिमरुक गाउँपालिका १ निवासी बिमल प्रसाद पोख्रेलले जेठ २७ गते गाउँपालिकामा सुचना तथा विवरण मागेका थिए।गाउँपालिकाबाट असार ७ गते पोख्रेललाई पत्र पठाई बजेट निर्माण तथा गाउँसभा तयारी गर्न कार्यालयको जनशक्ति लागेको हुँदा उक्त सुचना समयमै उपलब्ध नहुने व्यहोरा उल्लेख गर्दै कार्यालयले पत्राचार गर्यो।सुचना उपलब्ध नभए पछी पोख्रेलले असार ११ गते गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीलाई उजुरी सम्बन्धमा पत्र पठाए।पत्रमा सुचनाको हक अनुसार विविध सुचना कानुन बमोझिम माग गरेको १५ दिन सम्म उपलब्ध नहुँदा सुचनाको हक अनुसार कार्यालय प्रमुखले पालना गर्नु पर्ने नियम संगत उजुरी अघि  बढाउँन अनुरोध गरेको छ।

उता  प्रमुख प्रशासकीय अधिकृत शाहीले असारमा धेरै काम हुने हुँदा कामको चापले समयमै सुचना उपलब्ध गराउन नसकेको सत्य हो तर साउन लागेपछि  दिन मिल्ने सुचना उपलब्ध गराउने बताए।उनले भने- ‘उहाँले २ आर्थिक वर्षको सम्पूर्ण सुचना माग पेस गर्नु भएको थियो हामी बजेट निर्माण तथा भुक्तानीको काममा व्यस्त भएपछी समयमै उपलब्ध गराउन सकेनौ।‘ सबै शाखागतका सम्पूर्ण विवरण माग गरेको हुँदा साउन महिनाको पहिलो साता  सम्म सबै सुचना बुझाउने अधिकृत शाहीले बताए।

पोख्रेलले गाउँपालिकाबाट माग गरेको  सुचना तथा विवरण उपलब्ध नभएपछी असार ३० गते राष्ट्रिय सुचना आयोगमा निबेदन पेश गरेको बताए।पोख्रेल प्युठान जिल्लाको क्रियाशील पत्रकार हुन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्