समय : ०८:३५ am | आइतबार , भाद्र २३ गते २०८१

ऐरावतीमा वृक्षरोपण गरि विश्व वातावरण दिवस मनाइयो

स्वर्गद्वारी अपडेट | जेठ २४ गते २०८१

प्युठान।विश्व वातावरण दिवस- २०२४ ऐरावती गाउँपालिकामा सरसफाइ र वृक्षरोपण कार्यक्रम गरेर मनाइएको छ। ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइएको हो ।

कालिका विकास केन्द्र नेपाल प्युठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा सब डिभिजन वन कार्यलय बरौंलाले उपलब्ध गराएका एक सय ५० धुपी सल्लाका बिरुवा गाउँपालिकाको परिसर वरपर,पद्मोदय मावि धुवाङमा,शिशुकल्याण आवि झिबाङ्ग र शान्ती प्रावि बैरेनी,ऐरावती पिकनीक पार्क पकलामा सरसफाइ तथा वृक्षरोपण गरिएको हो ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ। 

सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि “मात्र एक पृथ्वी” वा “वन्ली वन अर्थ” नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो।

त्यसयता, विश्वका अन्य देशहरूमा पनि यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ मनाउन थालिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्