समय : ०८:३० am | आइतबार , भाद्र २३ गते २०८१

माण्डवीमा युवा सवालमा एक दिने पैरवी कार्यक्रम

स्वर्गद्वारी अपडेट | जेठ ९ गते २०८१

प्युठान।माण्डवी गाउँपालिकामा "समृद्ध नेपालका लागि स्वस्थ्य,कमर्ठ र युवा उद्यमी"भन्ने मुल नारा सहित युवामैत्री स्थानीय शासनका लागि युवाका सवालमा पैरवी कार्यक्रम बुधबार सम्पन्न गरेको छ।युवाहरुलाई लक्षित गर्दै पालिकाले युवाका सवालमा देखिएका समस्या, चुनौती र समाधानका उपायहरुमा एक दिने युवा मैत्री स्थानीय शासनका लागि युवा मुद्दामा बहस पैरवी कार्यक्रम गरेको हो।माण्डवी गाउँपालिकाको आयोजनामा राष्ट्रिय युवा परिषद् नेपालको समन्वयमा भएको कार्यक्रममा ५० जना भन्दा बढी युवाको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा वक्ता जिल्ला समन्यव समितीका प्रमुख धरम बहादुर जी.सीले युवाहरुको व्यवस्थापन गर्नु आजको चुनौती भएको टिप्पणी राखे।युवाहरू रोजगारीको शिलशिलामा वा उच्च शिक्षा हासिल गर्ने सवालमा दैनिक ठुलो मात्रमा बिदेशीने क्रम बढ्दा देश युवाबिहिन भएकोमा उनले दुख व्यक्त गरे ।

युवाका मुद्दाहरुलाई समयमा नै किनारा लगाउन सकिएन भने देशले दीर्घकालीन रुपमा यसको असर खेपिरहन पर्ने अवस्था आउने माण्डवी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारी (रोशन)ले बताए। उनले भने-"राज्यको नीति निर्माण तहमा युवाको समान पहुँच स्थापित गर्नुका साथै स्थानीय तहमा युवामैत्री शासन सञ्चालन गर्न आवश्यक रहेको समेत प्रष्ट पारे ।

राष्ट्रिय युवा परिषद् नेपालका जिल्ला शाखा प्युठानका अध्यक्ष रामचन्द के.सीले  युवाको सवालमा स्थानीय सरकार बढी जिम्मेवार भएको पनि प्रष्ट पारेका थिए। राज्यका तीनै तहका सरकारले युवामैत्री शासन सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्नेमा उनको भनाई छ।

राष्ट्रिय युवा परिषद् नेपालले खटाएका प्रशिक्षक तुल्सीराम न्यौपानेले कार्यक्रम सहजकर्ता गरेका थिए।कार्मक्रममा युवा मैत्री स्थानीय शासनसम्बन्धी हालसम्मका उपलब्धि, सिकाइ र भावी कार्यदिशाबारे पनि कार्यक्रममा छलफल भएको छ ।

कार्यक्रममा माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकिय अधिकृत प्रकाश पाण्डे, वडा अध्यक्षहरुलाई युवाले उठाएका सवालमा हाकाहाकी बहस गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्