समय : ०५:५१ am | शनिबार , श्रावण १२ गते २०८१

संस्थागत स्वमुल्याङ्कनमा नौबहिनी प्युठानमै प्रथम

स्वर्गद्वारी अपडेट | माघ २६ गते २०८०

प्युठान।स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा प्युठानको नैबहिनी  गाउँपालिका प्युठानमै प्रथम भएको छ।जिल्लाका नौ वटा स्थानीय तहमध्ये नौबहिनीले स्थानीय तह संस्थागत क्षमता स्वयमुल्यांकन (लिजा) मा सवैभन्दा बढी अंक प्राप्त गरेको हो ।बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा नौबहिनी गाउँपालिका प्युठानमै पहिलो भएको हो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८० का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ।

गाउँपालिकाले जिल्लाका ९ वटा स्थानीय तहहरुमध्ये सर्वाधिक ९१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउनका लागि विभिन्न सूचकहरुको आधारमा गरिने मूल्याङ्कन हो । स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा पालिकाहरुले विभिन्न १० सूचकहरुको मूल्याङ्कन गर्ने गर्दछन्।

सरुमारानी गाउँपालिकाले ७९ प्रतिशत माण्डवी गाउँपालिकाले ७८.५ प्रतिशत स्वर्गद्धारी नगरपालिकाले ७७.७५ प्रतिशत अंक प्राप्त गरेका छन् । मल्लरानी गाउँपालिकाले ७५ प्रतिशत प्यूठान नगरपालिकाले ७४.५ प्रतिशत ऐरावती गाउँपालिकाले ६८.५ प्रतिशत र गौमुखी गाउँपालिकाले ६८.२५ प्रतिशत अंक प्राप्त गरेका छन् ।

जिल्लाका नौ स्थानिय तहहरु मध्ये झिमरुक गाउँपालिकाले अहिलेसम्म लिजाको नतिजा सार्वजनिक गरेको छैन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page