समय : ०१:३३ pm | बुधबार , माघ २३ गते २०८१

भिंग्री-स्वर्गद्वारी सडकखण्ड बन्द हुने

स्वर्गद्वारी अपडेट | पौष २९ गते २०८०

प्युठान। सडक चौडा गर्नका लागि भिंग्री-स्वर्गद्वारी सडक खण्ड  बन्द हुने भएको छ।
सडक डिभिजन कार्यालय र सडक पूर्वाधार बिकास कार्यालय प्युठानले एक सूचना जारी गर्दै यस क्षेत्रको सडक मर्मत सम्भार गर्नुपर्ने भएकाले माघ ३ गते रातको १२ बजे देखी सडक बन्द गरी सडक निर्माण कार्य गरिने सडक पूर्वाधार बिकास कार्यालय प्युठानले जनाएको छ।

स्वर्गद्वारी जान बैकल्पिक मार्गहरु प्रयोग गर्न आग्रह गर्दै कार्यालयले अर्को सुचना जारी नभए सम्म भिंग्री –स्वर्गद्वारी सडक खण्डमा सवारीसाधनको आवागमन पूर्ण रुपमा बन्द हुने सडक पूर्वाधार बिकास कार्यालय प्युठानका  नि.कार्यालय प्रमुख चन्द्र बहादुर शाहले बताए।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्