समय : ०६:५१ am | आइतबार , भाद्र २३ गते २०८१

उद्योग तथा यातायात मन्त्रि थापा २३ गते प्युठान आउदै

स्वर्गद्वारी अपडेट | पौष १९ गते २०८०

प्युठान।नेपाली काङ्ग्रेस प्युठान प्रदेश (ख)का क्षेत्रीय सभापति माननिय सरोज थापा(रोज राणा) २३ गते प्युठान आउने भएका छन्।लुम्बिनी प्रदेशको उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक गृह जिल्ला प्युठान आउने नेपाल तरुण दल प्युठानका अध्यक्ष कृष्ण बस्यालले बताए।

प्युठानमा एकतिस बर्ष पछि नेपाली काँग्रेसको साख जोगाउदै थापा मन्त्रीमा नियुक्त भएका छन्।यस अघि प्युठानबाट नेपाली काङ्ग्रेसका शिबराज सुवेदी तीन दशक अघि राज्य मन्त्री भएका थिए।

नेपाल तरुण दल प्युठानद्वारा स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमको साथै क्षेत्र न.१ मा बधाई ज्ञापन कार्यक्रम ,स्वर्गद्वारी यातायात समितिद्वारा संचालित नेपाल भारत मैत्री बस उद्घाटन,नेपाली काँग्रेस प्युठानले बधाई कार्यक्रम र २४ गते माण्डवी गाउँपालिकाको राष्ट्रपति रनिंङ शिल्ड कार्यक्रमको उद्घाटन हुने नेपाल तरुणदल प्युठानका अध्यक्ष बस्यालले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्