समय : १२:१७ pm | शुक्रबार , कार्तिक २ गते २०८१

नागरिक अभियान प्युठानको प्रश्न-प्युठान नगरपालिकामा के हुदैछ ? –

स्वर्गद्वारी अपडेट | पौष १७ गते २०८०

प्युठान ।नागरिक अभियान प्युठानले प्युठान नगरपालिकाको काम कारबाहीबारे चासो, गुनासो र प्रश्न सहितको संबाद कार्यक्रम मंगलबार गरेको छ।प्युठान नगरपालिकाका नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई राखेर प्रश्न गरेको हो ।

अभियानले पालिकाले बिगतमा कार्यान्वयन गरेको आयोजनाहरुको तस्वीर सहित अवस्था उल्लेख गर्दै जनप्रतिनिधिसंग जवाफ मागेको थियो । पालिकाको शिक्षा, फोहोर ब्यब्स्थापन, जग्गा वर्गीकरण, खेल मैदान ब्यबस्थापन, योजना डुप्लिकेशन लगायत बिषयमा सहभागीले समेत प्रश्न, जिज्ञासा राख्दै सुझाब समेत दिएका छन ।

कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर योगीले कार्यक्रमले पालिकाको काम कारबाहीलाई चुस्त बनाउन महत्वपूर्ण सुझाब मिलेको बताएका थिए।उनले भने- "पालिकाले संचालन गरेका हरेक गतिबिधि सहित  योजनाको आफ्नो समुदायमा भएको कामको प्रत्यक्ष रुपमा अनुगमन गर्न समेत आग्रह गरे।"

नगर उपप्रमुख देबेन्द्र वर्माले कतिपय प्रदेश र संघीय सरकारले गर्ने काममा पालिकालाई जानकारी नदिने गरेको भन्दै आगामी दिनमा त्यस्ता योजनाको विषयमा समेत पालिकाले चासो दिने बताए।

प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले पालिकाको योजना कार्यान्वयन,अनुगमन गर्न आफुले पहल गर्ने बताए।

अभियानका संयोजक सुमन सुबेदीले पालिकाको कामलाई वाह भन्न पाउने गरि काम होस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाई छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्