समय : ०६:४२ am | आइतबार , भाद्र २३ गते २०८१

व्यवसायीले तोकेको भाडा भन्दा धेरै लिए-युवा सङ्गठन नेपालको आपत्ति  

स्वर्गद्वारी अपडेट | मंसिर ७ गते २०८०

प्युठान।चाडपर्वको बेलामा यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) निकट युवा सङ्गठन नेपालले बिहिबार प्रेस विज्ञप्ति प्रकाशन गरेको छ ।

प्युठानबाट संचालन हुने यातायात साधनमा यात्रुका चापका कारण अतिरिक्त सवारीसाधान संचालन गर्ने बाहानामा  व्यवसायीले तोकेको भाडादर भन्दा बढी लिएको युवा संगठन नेपालका प्युठान जिल्ला इन्जार्ज बिर बल के.सी ले जानकारी दिए।उनले भने-" बिगतमा पनि यातायात व्यवसायीको चरम लापरबाहीको कारणले जनगुनासो आईरहेको थियो,यस प्रकारको गतिबिधि रोक्न सम्बन्धी पक्षलाई आग्रह गरेका छौ।"

यस प्रकारको गतिबिधी तत्काल रोक्न चेतावनी साथै यस्ता क्रियाकलाप दोहोरिएमा चक्काजाम ,कार्यालय तालाबन्दी देखी संघर्ष कार्यक्रम गर्ने चेतावनी उक्त विज्ञप्तिमा उल्लेख छ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्