असोज १५ गते सोमवार
प्युठान । जिल्लाको गौमुखी गाउँपालिकाले सोमवार बाट श्रम स्विकृति सेवाको सुचारु गरेको छ।
गाउपालिकाको रोजगार सेवाकेन्द्र शाखाबाट दिईने सेवाले अवको समयमा वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिन मिल्ने भए सङ्गै बिदेश जाने युवाहरुको पैसा र समयको बचत हुने भएको छ । गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीबाट पहिलो श्रम स्वीकृति पत्र लिदै गौमुखी गाउँपालिका २ का रुपे बुढा मगर खुसि भएका छन।
रुपे बुढामगरले भने यस अघि श्रम स्विकृति लिनकै लागि काठमाडौं हजारौ रुपैयाँ खर्च गरेर जानू पर्दथ्यो अव स्थानीय सरकारबाट सेवा पाउदा सहज र सजिलो हुने बताए।