समय : ०९:१२ am | शनिबार , श्रावण १२ गते २०८१

जुम्रीकाँडामा वडा स्तरीय तिज गित प्रतियोगिता सम्पन्न

सन्तोष सुनार | भाद्र १९ गते २०८०

प्युठान । प्युठान नगरपालिका ५ जुम्रीकाँडामा वडा स्तरीय तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

मङ्गलवार वडाको आर्थिक महिला सञ्जालद्वारा सहयोगमा वडा स्तरीय तिज गित प्रतियोगिता एक कार्यक्रम विच सम्पन्न भएको हो । प्रतियोगीता कार्यक्रममा सहभागी भएका ८ समूहहरु मध्ये प्रथम झरना स्वास्थ्य आमा समूह ओबाङ ,द्वितिय सयपत्री स्वास्थ्य आमा समूह ढाँडछाप ,तृतीय ढुङ्गेठाती आमा समूह ढुङ्गेठाती र सान्त्वना श्री शिद्ध मा .बि. गुरुआमा समूह जुम्रिकाँडा विजेता भएको कार्यक्रमका अथिति तथा शिद्ध माध्यमिक विद्यालयका प्र.अ.नर बहादुर घर्तिले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।

कार्यक्रममा विजेता भएका प्रथम समुहलाई नगत आठ हजार र प्रमाण पत्र , द्वितियलाई नगत छ हजार र प्रमाण पत्र ,तृतीयलाई नगत पाँच हजार र प्रमाण पत्र र सान्त्वनालाई चार हजार र प्रमाण पत्र र अन्य सहभागीहरुलाई दुई –दुई हजारका दरले पुरस्कार हस्तारन्तरण गरिएको घर्तिले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अथिति वडाका अध्यक्ष नन्दे पुन मगरले आउदै गरेको हिन्दु नारीहरुको हरितालिका तिजको शुभकामाना दिदै चार्ड तथा पर्वहरुको संरक्षण र प्रवद्धन गर्ने हाम्रो दाहित्व भएको बताउनु भएको थियो । वडा कार्यलयबाट सधै सम्पुर्ण नारीहरुको सम्मान र हक र हितका लागी आर्थिक सहयोग गर्न तयार रहेको समेत बताउनु भएको छ । महिला संजालकी अध्यक्ष लिला भुसालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य एवम् विधेक संयोजक लाली घर्ती मगर , वडा सदस्य रुकमान पुन मगर,कल्पना विक लगाएत अन्य वडावासीहरुको उपस्थित रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page