समय : ०२:३६ pm | शनिबार , श्रावण १२ गते २०८१

पुरानै अवस्थामा फर्कियो माओवादी

राधिका भुषाल | भाद्र १६ गते २०८०

भाद्र १६,प्यूठान । सशत्र जनयुद्धमा होमिएर थुप्रै परिवर्तन ल्याएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएको छ।

जनजनमा माओवादी घरघरमा माओवादी भन्ने मुल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ आज शनिवार देखि शुभारम्भ भएको छ । प्यूठान जिल्लाका नौ वटै स्थानिय तहमा विभिन्न कार्यक्रम गरि तिन महिने यो अभियानको उद्घाटन गरिएको हो । प्यूठान नगरपालिका भित्र रहेका १० वटै वडाका गाउँ बस्तीमा पुगि जनतासंगै सहकार्य गरि बाटो खन्ने, कुलो बनाउने, स्वास्थ्य चौकी सरसफाई गर्ने, विरामी भेटघाट गर्ने, विद्यालय तथा क्याम्पस सरसफाइ, सहिद परिवारसंग भेटघाट गर्ने लगायतका आ–आफ्नो वडाको सापेक्ष अनुसार जनतासंगै सहकार्य गरी तिन महिने अभियान थालिएको छ ।


शान्ती प्रक्रियामा फर्किए पछि कतिपय जनताको अपेक्षाहरु पुरा गर्न नसकेको हुंदा यो अभियानले थप सहयोग गर्ने माओवादी नेतृ सुन्दरा के.सीले बताइन् । ‘माओवादी पार्टी जनताको साथी बनेर अगाडि बढेका छ ।’ विशेष रुपान्तरण आभियनको प्यूठान नगरपालिका १ को इन्चार्ज समेत रहेकी के.सीले भनिन्–‘माओवादीले गरेका कमी कमजारीलाई समिक्षा गर्दै आगामी दिनमा जनता भावनाको कदरका लागि यो अभियानले विशेष सहयोग गर्ने छ ।’ विगतका कतिपय अवस्थामा जनताको भावनामा ठेस पुग्न गएको हुंदा ति पक्षहरुलाई सुधारेर अगाडि बढ्न थालिएको उनले बताइन् जनयुद्धको रक्षा र विकासका लागि नयाँ ढंगले अगाडि बढ्न यो तिन महिने विशेष रुपान्तरण अभियानले ठुलो सहयोग पुग्ने पार्टीको निष्कर्ष छ । सुशासनको निम्ती प्रचण्डले काम गर्दै गर्दा गाउँबस्ती वडा देखि केन्द्र सम्म जोडिएर माध्यम समेत यो अभियान बन्ने छ ।


त्यस्तै प्यूठान नगरपालिका ९ मरन्ठाना स्वास्थ्य चौकी सरसफाई गर्दै अभियानको उद्घाटन गरिएको प्यूठान नगरपालिकाका नगर प्रमुख एवं अभियानका वडा इन्चार्ज विष्णु योगीले बताए । ‘हामीले लामो समयसम्म मेरुदण्डका विरामी भएका चेप बहादुर के एम पनि भेटेर उपचारमा सहयोग गर्ने प्रतिवद्धता पनि गरेका छौं ।’ नगरप्रमुख योगीले भने– ‘मेरा लागि रुपान्तरण अभियान राम्रो अवसरको रुपमा आएको छ ।’ यो अवधिमा जनता प्रति उत्तरदायी संस्थाहरुसंग अन्तरक्रिया छलफल गर्ने, पार्टी र अभियानको विषयमा गुनासो सुन्ने र सम्भव भएका कुरालाई सम्बोधन समेत गर्ने निर्णय गरेको उनले बताए । आफु नगरप्रमुख समेत भएको हुंदा सबै समुदायकहरुका समस्या र गुनासोहरु सुनेर सोही अनुसार भोलीका दिन काम गर्न सहज हुने कुरामा विश्वस्त रहेको बताए । सबै अभियानकर्ताले कार्यविभाजन गरेर विशेष रुपान्तरण अभियान लागेको उनको भनाइ छ ।
शनिवारबाट सुरु भएको तीन महिने अभियानमा प्रत्येक दिन कुनै न कुनै काम गर्न जनताको घरदैलोमा पुगेर उनीहरुसंगै सुखदुख्ख साट्ने माओवादी स्रोतले जनाएको छ । देशभरीका ७५३ वटै स्थानिय तहमा अभियना सुरु भएको छ । अबको ९० दिन नेकपा माओवादी केन्द्र जनतासगैं हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page