समय : ०९:५८ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीमा एफटिटिएच सेवा उद्घाटन गर्दै संचारमन्त्री शर्मा

स्वर्गद्वारी अपडेट | भाद्र ३ गते २०८०

भदौ ३ प्युठान।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आईतबार नेपाल टेलिकमको एफटिटिएच (अप्टिकल फाइबर) उद्घाटन गरेकी छिन।

माण्डवी गाउँपालिका-३ जस्पुरमा रहेको अप्टिकल फाइबर (अति तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने) उद्घाटन गर्दै सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउनु उदेश्यले यस अप्टिकल फाइबरले संचारक्षेत्रमा महत्वपूर्ण भूमिका राख्ने बताएकी छिन्।सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उनको भनाइ छ।‘हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरूमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पुर्‍याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ,’ उनले भनिन् ।

टेलिकमको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट आफुले पहल गर्ने बताउँदै मन्त्री शर्माले एफटिटिएच क्षमतालाई आधार मानेर यो बर्ष ३ लाख सेवा थप गर्ने सरकारको योजना रहेको जानकारी दिएकी थिईन।यसबाट दूरसञ्चार सेवामा अझ बढी प्रभावकारिता र अझ बढी विश्वसनियता आउने देखिएको छ।कार्यक्रममा माण्डवी गाउँपालिकाको उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी भालुवाङ-प्युठान र भीमगिठे मोटर बाटोको कुरा समेटेका थिए।

कार्यक्रममा वायरलेस सेबा निर्देशक मिनु प्रधान,व्याकवोन प्रसारण निर्देशक विनिता श्रेष्ठ,जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो। नेपाल टेलिकमका प्रबन्धक शिव खनालले सन्चालन गरेका कार्यक्रमको अध्यक्षता नेपाल टेलिकम लुम्बिनी प्रदेश निर्देशक शैलेस वहादुर अमात्यले गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page