समय : ०१:१६ am | शुक्रबार , मंसिर ६ गते २०८१

 प्युठानमा ३0 करोड भन्दा बढी विकास बजेट ‘फ्रिज’

राधिका भुषाल | श्रावण ८ गते २०८०

साउन ८ प्युठान। प्युठानमा सङ्घ र प्रदेशबाट प्राप्त पूँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ।आर्थिक वर्ष ०७९/०८० मा जिल्लाको पूँजीगत विकासका लागि आएको रकममध्ये रू ३० करोड ३८ लाख ८० हजार ५ सय ३४ रुपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता गएको हो । जिल्लामा सङ्घतर्फ रू ८० करोड ९८ लाख ४४ हजार र प्रदेशतर्फ रू एक अर्ब ३२ करोड ८२ लाख २७ हजार गरी कूल रू दुई अर्ब १३ करोड ८० लाख ७१ हजार बजेट प्राप्त भएको थियो ।

प्राप्त बजेटमध्ये सङ्घतर्फ रू ६६ करोड ५५ लाख ३७ हजार एक सय ५८ रुपैयाँ र प्रदेशतर्फ रू एक अर्ब १६ करोड ८६ लाख ५३ हजार तिन सय छ रुपैयाँ गरी कूल रू एक अर्ब ८३ करोड ४१ लाख ९० हजार चार सय ६४ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्युठानका प्रमुख कोष नियन्त्रक देब राज पोख्रेलले  जानकारी दिए। उनका अनुसार खर्च हुन नसकेर फिर्ता गएको बजेटमध्ये सङ्घको रू १४ करोड ४३ लाख ६ हजार आठ सय ४२ रुपैयाँ र प्रदेशको रू १५ करोड ९५ लाख ७३ हजार ६ सय ९४ रुपैयाँ रहेको छ।जिल्लामा सङ्घतर्फ रू पाँच अर्ब ४3  करोड २५ लाख २३ हजार आठ सय २९ रुपैयाँ र प्रदेशतर्फ रू ९१ करोड ६०  लाख २६ हजार एक रुपैयाँ गरी चालुतर्फ रू छ अर्ब ३४ करोड ८५ लाख ४९ हजार आठ सय ३० रुपैयाँ प्राप्त भएको थियो।चालुतर्फ खर्च बजेट सङ्घको रू पाँच अर्ब ७  करोड २६ लाख ९५ हजार दुई सय ३१ रुपैयाँ र प्रदेशतर्फ रू ७४ करोड ५७ लाख ६५ हजार एक सय ८८ रुपैयाँ गरी कूल रू पाँच अर्ब ८१ करोड ८४ लाख ६० हजार ४ सय १९ रुपैयाँ खर्च भएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्