समय : १०:३५ pm | बुधबार , माघ २३ गते २०८१

तुलसीपुरमा प्युठानकी ७३ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

सन्तोष सुनार | श्रावण ५ गते २०८०

दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति १२ बजे तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । वृद्धामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेको उहाँले बताउनुभयो । वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्