समय : ०९:०० pm | बिहिबार , मंसिर ६ गते २०८१

प्युठानमा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

स्वर्गद्वारी अपडेट | जेठ २४ गते २०८०

२४ जेठ ,प्यूठान l प्यूठान जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका ब्यस्थापकहरुका लागी ६ दिने लेखा ब्यवस्थापन तालिम बिहिबार सम्पन्न भएको छ ।

सहकारी प्रशिक्षालय बाँकेको आयोजना र जिल्ला सहकारी संघ प्यूठानको समन्वयनमा  संचालित ६ दिने लेखा ब्यवस्थापन तालिम बिहिबार सम्पन्न भएको छ।माण्डवी गाउँपालिका -३दारिमचौर (JIDCO) को सभाहलमा संचालन भएको  प्यूठानमा रहेका बिभिन्न बिषयगत सहकारी र बचत तथा ऋण गरी २४ जना सहभागीलाई  लेखा व्यस्थापन तालिम प्रदान गरिएको  थियो ।

प्रशिक्षालय केन्द्र बाँकेका प्राचार्य बिनोद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम पमुख अतिथि सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेल, जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेलले तालिमबाट सहकारी ब्यवस्थापनमा सहयोग मिल्ने बिश्वास ब्यक्त गरेका थिए।

यस्तै सहभागी सीता भटराई र राम प्रसाद पोखरेलले तालिम आफूहरुको लागि उपलब्धिपूर्ण भएको र व्यवहारमा पनि लागु गर्ने बताएका थिए । उक्त तालिम शुक्रबारबाट संचालन भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्