समय : ०५:४७ pm | बुधबार , असाेज २ गते २०८१

नेपाल कम्युनिस्ट पार्टी (विप्लव)को प्युठानमा बिरोध प्रदर्शन

स्वर्गद्वारी अपडेट | जेठ २३ गते २०८०

२३ जेठ प्युठान।नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रपति रामचन्द्र पौडेले प्रमाणिकरण गरेको नागरिकता विधेयक खारेज गर्न माग गरेको छ ।

संसदको सर्वोच्चता र संसदीय परम्परा विपरीत रहेको जनाउँदै सो विधेयक तत्काल खारेज गर्न पार्टीले सोमबार करिब ९ बजे तिर प्युठानका बिभिन्न ठाउँमा राको जुलुस समेत गरेको थियो ।

‘राष्ट्रपति पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणिकरण अविलम्ब खारेज हुन जरुरी भन्दै।नेपाल कम्युनिस्ट पार्टीलेनागरिकता विधेयकमा भएको प्रमाणीकरणको विरोध एवं भत्सर्ना गरेको छ।

पार्टीले नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर तयार गरेको भारतको नक्साको विरोध र भत्सर्ना गरेको थियो।तल्काल नक्सा खारेज र नागरिक विधेयक खारेज गर् भन्दै सोमबार राति करिब ८:३०बजे माण्डवी गाउँपलिका -१ तिराममा राको जुलुस गरेर बिरोध गरेको नेपाल कम्युनिस्टको पार्टी माण्डवी गाउँपालिका कमिटीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्