जगत प्रसाद पोख्रेल -
सिमा स्तम्भहरु खोज्दै
सिमाना हिडीरहेछु म
देशको स्वाभिमान खोज्दै
प्रतिदिन जनता रोईरहेछ
लिपूलेख लिम्पिया धुरा
चूच्चे नक्सा कता हरायो ?
बलभद्रहरु अपमान
भईरहेछ यहाँ
सहिदको रगतको यहाँ
खोला बगिरहेछ
नेपालीको शिर निहुरिएको
यहाँ स्वाभिमान ढलेको छ
सत्ता प्राप्तिको लागि यहाँ
अनेकौ खेल चलिरहेछ
कहिले कता कहिले कता
बुझी नसक्नु कस्तो हुँदोरहेछ
स्वाभिमान ढल्दैछ यहाँ
बिदेशी प्रभुको स्वार्थमा यहाँ ।
राज्य सत्ता चलिरहेछ यहाँ
भक्ति थापाहरुको यहाँ
अस्तित्व हराईरहेको छ
नेपाली युवा युवात्ति
छटपटाइ रहेछन् यहाँ
रोजगार नाममा मानव तस्करीमा
रमाई रहेका छन् यहाँ
मेरो स्वाभिमान ढल्दैछ यहाँ । ।