विद्यार्थीहरुको हक हित एवं शैक्षिक उन्नयन्का सवाल्मा वकालत एवं नेतृत्व गर्ने थलो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन देशभरका क्याम्पसहरुमा एकैसाथ हुदैछ। यही चैत्र ५ गते हुने निर्वाचनमा प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा साझा प्यानलबाट सभापति पदका उम्मेदवार केशरे सुनार सँग हामीले तपाईको उम्मेद्वारी के का लागि ? स्वर्गद्धारी बहुमुखी क्याम्पसको विकास तथा विद्यार्थीहरको हक हितका लागि तपाईका एजेण्डाहरु के के हुन्? चुनावी प्रतिवद्धता लगायतका विषयमा आधारित रही कुराकानी गरेका थियौ । प्रस्तुत छ सहकर्मी राधिका भुसालले सभापति पदका उम्मेद्वार केशर सुनार संग गरेको कुराकानीको सम्पादिश अंश।
१) सभापति पदमा चुनावमा होमिनु भएको छ,यहाँका मुख्य एजेण्डा के के होलान् ?
स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको साझा एजेण्डा बोकेर हामी चुनावी मैदानमा होमिएका छौ । जहाँ समन्वय, सहकार्य र सह–अस्थित्वको भावनालाई एकीकृत गर्दै मुख्य एजेण्डाको रुप दिएका छौं । क्याम्पसमा छात्रावासको व्यवस्था गर्दै निशुल्क शेनेटरी व्याडको उचित व्यवस्था गरिने छ । किशोरीमैत्री शौचालयको व्यवस्था गरिने, विद्यार्थीलाई अध्यायन ई–लाइवेरीको व्यवस्था गर्ने, क्याम्पसबाट प्रदान गरिने सेवाहरुलाई डिजिटलाइजेन गर्ने र क्याम्पसमा स्वच्छ खानेपानी तथा सरसफाइ लगायतका स–साना कुराहरु देखि सिंगो क्याम्पस प्रशासनसंग जोडिएका विषयमा केन्द्रित भएर काम गर्ने छौं ।
२) स्वतन्त्र देखी लिएर अन्य विद्यार्थी संगठनका तर्फबाट पनि छुट्टा छुट्टै प्यानल बनाई निर्वाचनमा सहभागि भएको अवस्था छ , यहाँको प्यानल निर्वाचित हुने आधारहरु के के छन् ?
क्याम्पसका हरेक क्रियाकलाप र प्रत्येक विद्यार्थीसंग म पहिले देखिनै नजिक छु । अखिल क्रान्तिकारीको साझा प्यानलका १९ जना उम्मेद्धार नै सक्रिय र सक्षम छौं । विद्यार्थीका समस्या सुक्ष्म ढंगले पहिचान गर्नुका साथै क्याम्पसको भौतिक, प्राविधिक र शैक्षिक क्षेत्रको सुधारका लागि हामी पहिले देखिनै जोडिएका छौ । क्याम्पसमा अध्ययरत १ हजार ७ जना विद्यार्थीसंग हामी कुनै न कुनै माध्यमबाट परिचित भएकोले उहाँहरुले हाम्रो क्रियाकलापको मुल्यांकन गरिसक्नु भएको छ ।
३) निर्वाचित हुनु भयो भने पहिलो काम के गर्नु हुन्छ ? क्याम्पसको शैक्षिक सुधारका लागि यहाँका अन्य प्रतिवद्धताहरु के के छन् ?
अवश्य पनि विद्यार्थीका समस्या पहिचान गरिसकेको हुनाले हरेक काममा मेरा लागि उत्तिकै महत्वपुर्ण छन् । तर पनि, सुरुवात केबाट गर्ने भन्ने मात्रै हो । स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी मध्ये किशोरीको संख्या धेरै छ । महिनावारीको समयमा सहज रुपमा अध्ययन गर्ने व्यवस्था मिलाउन गुणस्तरयुक्त सेनेटरी प्याड व्यवस्थापन गरी नियमित रुपमा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ । क्याम्पसमा विद्यार्थीका फाइलहरु हराउने समस्या छ त्यसलाई व्यवस्थित गरी राख्ने व्यवस्था मिलाउने छौं । क्याम्पसमा निर्माण भएका संरचनाहरुलाई संरक्षण गर्ने सम्बन्धित निकायलाई अनुरोध गर्नेछौ । विद्यार्थी पोशाक र विद्यार्थीको हाजिरी गर्ने व्यवस्था गर्नेछौ । साथै क्याम्पसका शिक्षक र विद्यार्थी बिच अन्तरसम्वाद गरी शिक्षकको कमजोरीहरु सुधार गर्नेछौं । स्ववीयुले चालेका पहलहरु र सुधार भएका विषयलाई लिएर मासिक रुपमा अन्तरसंवाद गर्नेछौ ।
४) विद्यार्थीले चर्को शुल्क बुझाएको गुनासो छ, त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
त्रिभुवन विश्वविद्यालयले मान्यता दिएर आन्तरिक स्रोतबाट क्याम्पस सञ्चालन भएको हुंदा विद्यार्थीले चर्कोशुल्क बुझाएर पढ्न बाध्य भएका छन् । यो समस्यालाई समाधान गर्न हामीले स्वर्गद्धारी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउनु पर्छ । त्यसका लागि हामीले राजनीतिक दल, कानुन सम्बन्ध क्षेत्रबाट परामर्श सहित दबाबका कार्यक्रमहहरु गर्नेछौ । कम लगानीमा गुणस्तरीय शिक्षा हासिल गर्न सकिने व्यवस्था मिलाउनका लागि हामीले हरेक क्षेत्रसंग सहकार्य गर्ने वातावरण मिलाउने छौं।
५) अन्यमा केही भन्नुहुन्छ ?
स्वर्गद्धारी क्याम्पसमा अध्ययन गर्ने १ हजार ७ जना परिवर्तनशील एवं शिक्षा प्रेमी विद्यार्थीहरुले अखिल क्रान्तिकारी संगठनको साझा प्यानलका १९ जना उम्मेद्धारहरुलाई अमुल्य मत दिएर विजयी बनाउन हार्दिक अपिल गर्दछु । साथै निर्वाचन एउटा प्रक्रिया भएकोले हामीले उम्मेद्धारी दिएका हौं तर, हामी सबैले नै क्याम्पसको शैक्षिक र भौतिक सुधारका लागि हातेमालो गरी गर्नेछौ ।