समय : ०५:१३ am | आइतबार , भाद्र २२ गते २०८१

स्वर्गद्वारीको वित्तीय प्रगति ८८.११ प्रतिशत

सन्तोष सुनार | असार २५ गते २०८१

प्यूठान । स्वर्गद्वारी नगरपालिकाले चालू आर्थिक वर्ष ०८०–०८१ को वित्तीय प्रगति सार्वजनिक गरेको छ । मंगलबार स्वर्गद्वारी नगरपालिकाले वित्तिय प्रगती सार्वजनिक गदै चालु आर्थिक वर्षमा ८८.११ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । त्यस्तै चालु खर्च ८८.७९ प्रतिशत र पुँजिगत खर्च ८७.४७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष ०८०–०८१ मा ८२ करोड १६ लाख १९ हजार ५ सय ५५ रुपैया बिनियोजन गरेकोमा ७८ करोड ११ लाख ३५ हजार ८ सय ५३ रुपैयाँ मात्र निकासा भएको छ । त्यस्तैै चालु तर्फ ५७ करोड ६४ लाख ६८ हजार ३ सय ५८ रुपैयाँ बजेट बिनियोजन भएको मध्ये ५१ करोड १८ लाख ५८ हजार १ सय ७६ रुपियाँ अर्थात ८८.७९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए बताए ।

पुँजिगत तर्फ भने २४ करोड २४ लाख ६६ हजार १ सय ९७ रुपैंयाँ बजेट बिनियोजन मध्ये २१ करोड २१ लाख ५ हजार ३ सय ५७ रुपैयाँ अर्थात ८७.४७ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्