समय : ०८:५५ am | शुक्रबार , पौष १२ गते २०८१

प्यूठान नगर स्तरीय हिसाब दौड ,हस्त लेखन र हाजिरी जवाफ सम्पन्न

सन्तोष सुनार | जेठ ११ गते २०८१

जेठ ११ गते ,प्यूठान। प्यूठान नगर स्तरीय हिसाब दौड ,हस्त लेखन र हाजिरी जवाफ प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार प्यूठान नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका प्राथमिक विद्यालय (कक्षा १ देखी ५ )सम्मका विद्यार्थीलाई हिसाब दौड प्रतियोगीता , आधरभुत विद्यालय (कक्षा ६ देखी ८ )सम्मका विद्यार्थीलाई हस्त लेखन प्रतियोगीता र माध्यमिक विद्यालय (कक्षा ९ देखी १२) सम्मका विद्यार्थीहरलाई हाजिरी जवाफ प्रतियोगीता कार्यक्रम गरिएको हो ।

प्रा.वि.(१–५) स्तरीय हिसाब दौड प्रतियोगीता
प्रा.वि. स्तरीय हिसाब दौड प्रतियोगीता प्यूठान नगरपालिकाको आयोजना र मुक्ति माध्यमिक विद्यालयको सहजीकरणमा प्यूठान नगरपालिका ३ रातामाटामा सम्पन्न गरिएको हो । जसमा प्रथम छात्रा तर्फ उसा केसी. मुक्ति मा.वि. रातामाटा , द्वितिय  स्मृति घर्ति मगर सरस्वति प्रा.वि सेपुङ् र तृतीय पार्वति पछ्छाई जानकी मा.वि चिथिखोलाले हासिल गरेको छ । त्यस्तै छात्र तर्फ प्रथम वृष नेपाली बाल विद्या मा.वि. मरन्ठाना , द्वितिय राहुल घर्ति जानकी मा.वि. चिथिखोला , तितृय करन नेपाली धर्मभक्त आ.वि. मानगाउले हासिल गरेको मुक्ति मा.वि.का शिक्षक महेन्द्र पण्डितले जानकारी दिए । यस प्रतियागीतामा ३८ वटा विद्यालयहरु बाट विद्यार्थीहरु सहभागीता रहेका थिए ।

आ.वि.(६–८) स्तरीय हस्त लेखन प्रतियोगीता
आ.वि.स्तरीय हस्त लेखन प्रतियोगीता प्यूठान नगरपालिकाको आयोजना र क्षेत्र विकास मा.वि .को सहजीकरणमा प्यूठान नगरपालिका ७ पूर्णखोलामा सम्पन्न गरिएको हो । जसमा प्रथम सुमन पुन मगर पब्लिक बोडिङ स्कूल क्वाडी, द्वितिय  रेस्मा खड्का लर्निङ हेवान रिसर्च बोडिङ पूर्णखोला र तितृय दिव्या सुनार जानकी मा.वि चिथिखोला भएको प्र.अ. पिताम्बर खड्काले जानकारी दिए । यस प्रतियोगीतामा २३ वटा विद्यालय सहभागी रहेका थिए ।

मा.वि. (९–१२) स्तरीय हाजिरी जवाफ प्रतियागीता
मा.वि स्तरीय हाजिरी जवाफ प्रतियागीता प्यूठान नगरपालिकाको आयोजना र जनता माध्यमिक विद्यालयको सहजीकरणमा बाग्दुलामा सम्पन्न गरिएको हो । जसमा सिद्ध माध्यमिक विद्यालय जुम्रिकाडा प्रथम भएको छ । सो विद्यालयबाट दिनेश परियार , हर्क बहादुर पुन र स्मृति सुनार विद्यार्थीहरु सहभागी रहेका थिए । द्धितृय मुक्ति मा.वि. रातामाटा भएको छ । सुविक्षा श्रेष्ठ , विवेक खनाल र रेसम बोहोरा रहेका छन । तृतिय कालिका आवसीय मा.वि टारीले हासिल गरेको छ । विद्यार्थीमा प्रसन पाख्रेल , सोनु जि.एम .र सन्ध्या भण्डारी रहेको शिक्षक खेम राउतले जानकारी दिए । यस प्रतियोगीतामा १३ वटा विद्यालयहरु सहभागी रहेका थिए ।

शिक्षकहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेकाले विजेता सम्पुर्णलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा एकैसाथ सम्मान सहति पुरस्कार र प्रमाण पत्र प्रदान गर्ने प्यूठान नगरपालिकाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्