समय : ०६:३८ am | आइतबार , भाद्र २३ गते २०८१

माण्डवीमा ब्याकहो लोडरले किच्दा एक जनाको मृत्यु

सन्तोष सुनार | माघ २८ गते २०८०

प्यूठान । जिल्लाको माण्डवी गाउँपालिकामा ब्याकहो लोडरले किच्दा एक जनाको मृत्यु भएको छ। आईतवार साझ ५ बजे तिरामको पिपलडाँडामा माण्डवी गाउँपालिकाको ब्याकहो लोडरले किच्दा ६५ वर्षीय ठग बहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

खनालको अनुसार ब्याकहो लोडर र ड्राइभरलाई नियन्त्रणमा लिएको छ । बाटोमा सुतेको अवस्था घर्तीलाई ब्याकहो लोडरले किच्दा मृत्यु भएपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा ल्याईएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्