समय : १०:०१ pm | आइतबार , जेठ १८ गते २०८२

जुम्रीमा बेवारीसे शिसु फेला

सन्तोष सुनार | माघ १७ गते २०८०

प्युठान । जिल्लाको जुम्रीमा शिशु बेवारीसे अवस्थामा फेला परेको छ ।

बुधबार जुम्री बजार आयुष्मा होटेलको नजिकै अन्जान व्यक्तिले शिशुलाई जन्माएर छायाँ भण्डारीको बाख्रा बस्ने छाप्रोमा छोडेको अवस्थामा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेको शिशु भेटिएको स्थानीय चन्द्र बहादुर सुनार स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

सुनारको भनाई अनुसार शिशुको आवज त विहान ४ बजेबाट सुनिएको तर बिरालो कराएको महसुस लागेर वास्ता नगरीएकोले विहान पथयात्राीले ६ः१५ बजे देखेर बताईदा देखेको उनले बताए । शिशुलाई भेटेपछि इलाका प्रहरी कार्यालय विजुवारलाई खबर गरी प्रहरीले लगेको हो ।

शिशुलाई जिल्ला अस्पताल बिजुवार प्युठानमा राखिएको छ ।शिशु कसले जन्माएर फरार भएको हो भन्ने कुरा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्