समय : ०८:३१ am | आइतबार , भाद्र २३ गते २०८१

रेलिमाई

स्वर्गद्वारी अपडेट | पौष १७ गते २०८०
जगत प्रसाद पोख्रेल,
बाख्रा खोर रेलिमाई घोडा लाई तबेला
उठौ अब रेलिमाई भई सक्यो अबेला
गाऊ बस्ती रेलिमाई गणतन्त्र आएको
खै त जनता रेलिमाई सुविधा पाएको 

जहिले तहिले रेलिमाई नझुकि जनता
त्यसैले गर्दा रेलिमाई सामन्त भयो अन्त्य
माग भए रेलिमाई सरकारलाई जहर
जहयुद्ध रेलिमाई थिएन रहर

जसको लागी रेलिमाई लड्दै थ्योँ भिड्दै थ्यौँ
जनयुद्ध रेलिमाई सफल पार्दै थ्यौं
कति मरे रेलिमाई सहिद भएर
कति बाचे रेलिमाई अपाङ्ग बनेर

सरकारले रेलिमाई ति जनता मार्दै थ्यो
जनतालाई रेलिमाई आतङ्ककारी भन्दै थ्यो
रगत बग्यो रेलिमाई वन र पाखामा
गित गाउदै रेलिमाई जनवादी भाकामा

यस्तै थियो रेलिमाइ सरकारको चलन
जनता मार्दै रेलिमाई गर्दैथ्यो दमन
भन्न थाल्यो रेलिमाई इनाम पाइन्छ
हामीलाई रेलिमाई टाउको नै चाहिन्छ,

टाउको मुल्य रेलिमाई दश लाख तोकेर
हिड्नु थाले रेलिमाई राजतन्त्र बोकेर
बड्दै गयो रेलिमाई जनतामा लहर
गाउबाट रेलिमाई घेर्दै थ्यो सहर

शामन्तको रेलिमाई सत्ता नै ढालियो
राजतन्त्र रेलिमाई सधैलाई फालियो

( पोख्रेल नेकपा माओवादी केन्द्र प्युठानको प्युठान नगर कमिटिको सदस्य हुन) ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्