समय : ०६:५० am | आइतबार , भाद्र २३ गते २०८१

प्युठानमा राजनैतिक स्कुलिङ दिदै गाउँ-गाउँमा माओवादी केन्द्र

सन्तोष सुनार | मंसिर २५ गते २०८०

नेकपा (माओवादी केन्द्र) प्यूठानले यतिबेल्ला जिल्लाव्यापी रुपमा कार्यकर्तालाई राजनैतिक स्कुलिङ गरेको छ । मसिंर १६ गते देखि संचालन गरिएको स्कुलिङ कार्यक्रम पालिका स्तरीय गरीएको छ । स्कुलिङमा जिल्ला कमिटी,पालिका कमिटी,वडा कमिटिका पदाधिकारीहरुका साथै जवस मोर्चाका जिल्ला तहसम्मका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सांगठनिक,राजनैतिक गतिविधि संगै माओवादीले कार्याकर्तालाई स्कुलिङ गरेको हो ।

स्कुलिङ संगै पार्टी संगठन निर्माण,पार्टी सदस्यता नविकरण प्रदान लगायतको गतिविधि पनि निरन्तर गरेको छ । जिल्लामा माओवादी केन्द्रीय सचिव हितमान शाक्य, केन्द्रीय सदस्य जगप्रसाद शर्मा,जनता संग माओवादी बिशेष रुपान्तरण अभियानका प्यूठान जिल्ला इन्चार्ज निर्मल आचार्य, अभियानका स्कुलिङ तथा अनुगमन सदस्य नारायण प्रसाद अधिकारी, केन्द्रीय सदस्यहरु लोकराज जैसी,पित बहादुर एम.सी लगायत र प्रदेश कमिटि उपाध्यक्ष लुमाकान्त न्यौपाने,सचिव कृष्ण अधिकारी,प्यूठान जिल्ला संयोजक नमराज अधिकारी,प्रदेश कमिटि सदस्यहरु झपेन्द्र शर्मा,बुद्ध बस्नेत,विश्ववन्धु थापा,महाबिर राना,पुर्ण सापकोटा,सुनिल सापकोटा लगायतका नेताहरुले कार्याकर्तालाई स्कुलिङ गरेको बताइएको छ ।

जिल्लामा माओवादी केन्द्रका सबैतहका नेता/कार्याकर्ताहरु यतिबेला गाउँगाउँमा गएर जनभेटघाटमा व्यस्त रहेका छन् । अभियानका क्रममा माओवादीले विभिन्न पार्टीवाट सयौको संख्यामा नेता कार्यकर्ताहरुलाई माओवादी पार्टीमा भित्राएको छ । बुधवार सम्ममा जिल्लाका माण्डवी गाउँपालिका,झिमरुक गाउँपालिका,मल्लरानी गाउँपालिका,नौबहिनि गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिका गौमुखी गाउँपालिका,ऐरावित गाउँपालिका र सरुमारानी गाउँपालिकामा स्कुलिङ गरिसकेको छ । भने हरेक नेताले विषयवस्तु बाढेर कार्याकर्तालाई स्कुलिङका साथै पशिक्षण समेत गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्