समय : ०८:४७ pm | बिहिबार , मंसिर ६ गते २०८१

मंसिरले ठगेको `म´

स्वर्गद्वारी अपडेट | मंसिर ६ गते २०८०

अनुज पछाई  

मंसिरले यसरी लठ्ठी प्रहार गरेको छ नि खोई कसरी व्याख्या गरु मैले । मङ्सिर नाम सुन्दा नै मन झस्किएर आउछ । रिस उठेर आउछ अनि मन नै आतिन्छ ।

कुरा २०७६ सालको हो । यो साल,अझ यो सालको मङ्सिर यसरी आयो मेरो जीवनमा जस्ले मेरो ओठको मुस्कान,मेरो आशा मेरो भरोसाको सबै मियो ढालिदियो ।

भर्खर कक्षा १२ पास गरेर बसेको थिए । दसै तिहारपछि व्याचलर पढने योजनामा रहेको थिए । व्याचलर कहाँ पढने अन्यौलता रहेको थियो । हुन त घरबाट अब हामि सक्दैनौ आफै केहि गरेर पढ भनेर कुरा सक्काइदिई सकेका थिए । जिल्लाबाट बाहिर जाने त्यति हिम्मत त थिएन । हातमा जागिर थिएन । कक्षा ९ बाट प्रेममा परेकी समिक्षा पनि व्याचलर पढने सोचमा थिइन । कुराकानी भैरहेको थियो । कहिलेकाहि भेटघाट पनि हुने गरेको थियो । हुन त दुरीले हामि त्यति टाढा थिएनौ । तर म निम्न वर्गको अनि उनको मध्यमवर्गिय परिवार नै हाम्रो समस्या रहेको थियो । म संग बिवाह गरे उनको छोरी मेरो प्रेमिका समिक्षाले दुख पाउछे रे । उनिहरुको लागि मेरो गरिवपन नै ठूलो समस्या बनेको थियो ।

उनिहरुको त्यो समस्यालाई हामि भने बाल नै दिदैनथ्यौ । जति जति उनिहरुले कडा गर्दथे हामि लुकिछिपि भेटने गर्दथ्यौ । मायाको कुरामा पनि हामि दुबैको वरावर नै थियो । लाग्ने गरेको थियो हामि एकबिना दुई अधुरो छौ ।

एक दिन हामि म्यासिन्जरमा च्याट गर्दै थियौ । सामान्य मायाप्रेमका कुरापछि हाम्रो कुरा सिदै व्याचलर कहाँ पढ्ने भन्ने कुरामा प्रवेश गर्याै ।

“सुनन अमृत मलाई त बुटवल पढन पठाउने कुरा गर्दै हुनुहुन्छ त ।”

“ए हो र राम्रो त हो ।” मेरो सामान्य जवाफ ।

उसले मेरो जवाफ सुनेर पुनः च्याट गरि –“तिमि नि मिलाएर बुटवल नै जाउ न । बरु त्यहाँ केहि काम गर्ने बिहान पढने गर्दा नि हुन्छ । ”

“हुन्छ हेरौला मलाई नि तिमि संग छुटिन त मन छैन । म यहाँ तिमि त्यहाँ भएपनि मलाई नबिर्सनु है । ”

मेरो यो जवाफमा उस्ले रिसाउदै जवाफ दिई – म भने सङ्गै बसौ भन्न खोज्दै छु । उ भने बिर्सने नबिर्सने कुरा गरेर बस्छ ।”

उ सानो–सानो कुरामा छिट्टै रिसाउने गर्दछे । मलाई उ रिसाएको साह्रै मन पनि पर्छ । एकछिन पछि उस्ले म्यासेज लेखि ।

“ल ल अमृत म त भोलि बिहानै जाने हो तयारी गर्न छ । जाने बेला कल गर्छु चौतारीमा आउ ल । म अफ भए ।”

मैले नि हस भनेर फोन चार्जमा जोडेर सुते ।

अर्काे दिन म समिक्षाको फोनको प्रतिक्षामा रहेको थिए । करिब बिहानको ७ बजे तिर फोन आयो । मैले बुझिहाले अनि सिधै भने – “तिमि आयौ । उस्ले भनि –उम घरबाट हिडे त्यो स्कुल पछाडीको चौतरीमा आउ है छिटो ।”

म हतारीदै गए । म पुग्दा उ त्यहा आइसकेकी थिई । मन अमिलो भएको थियो । उनिसंग छुटनुपर्दा । उनको अनुहारले पनि म संग छुटिन नपरे हुन्थ्योको भाव प्रकट गरेको म राम्रो संग बुझेको थिए । तर म केटा मान्छे उनि जस्तो कहाँ दुखको भाव व्यक्त गर्न सक्थे र । आफुलाई सम्हाल्दै सम्झाए ।

“पिर नगर । म जहाँ गए भएपनि तिम्रै हो । राम्रो संग पढनु । बेलाबेला सम्पर्क पनि गर्दै गर्नु । सहरको रमझममा भुलेर मलाई नबिर्सनु होई ।”

उ त्यति बोल्न चाहिन । हस भनेर आफ्नो बाटो लागि । म पर सम्म हेरे । उ पनि फर्किदै मलाई हेर्दै थिइ ।

म घर फर्किदै थिए । उसको बाबा मम्मि पनि तामझामका साथमा छोरीलाई पु¥याउन आएका थिए । म उनिहरुलाई देखेर बाटो तर्किएर हिडे । बुढाबुढी के के बोल्दै हिडेका थिए । त्यो मध्य एउटा कुरा कानमा प¥यो तर बुझ्न भने सकिन ।

“यो केटा राम्रो छ । जागिरमा जागिर छ । छोरी मन परायो । छोरीको जात घर गएपछि मन पराउन थालिहाल्छन । यता भयो भने त बर्बाद हुन्छ………….।”

खोई के कुरा हो राम्रो संग त मैले ठम्याउन सकिन । बुढाबुढीको आफ्नै केहि कुरा होला भनेर वास्ता गरिन । समिक्षा बुटवल पुगिन । म्यासेज आयो । बुबा मम्मि संगै भएकाले भोलि कलमा बोल्छु भनेर । कुरा बन्द गरिन ।

जहाँ गएपनि माया कति धेरै गर्दछिन भनेर म मख्ख पर्दै बसे । अर्काे दिन बिहान फोन आयो म हतारिदै फोन उठाए । फोनमा आवाज अचम्मको आयो – “अमृत म फसे…ति…तिमि आफ्नो ख्याल गर ल ..।”

म जवाफ फर्काउन नपाउदै उस्को फोन काटियो । म अचम्म परे । भर्खर गाउँबाट सहर गएकी कतै एक्सिडेण्ट भयो कि के भयो ? कसैले नराम्रो पो ग¥यो कि मनमा करोडौ आसंकाले झगडा गर्न थाल्यो ।

तुरुन्तै कल ब्याक गरे फोन अफ भैसकेको थियो ।

मलाई के गरु कसो गरु भैसकेको थियो । मन साह्रै आतिएको थियो । मनलाई सम्हाल्दै सम्झाए । उनको फोन फेरी आउला भन्ने सोचेर बसे ।

समय बित्दै गयो । १ दिन २ दिन हुदै मंसिरको ३ गतेबाट सम्पर्क विहिन भएको उनको १० गते सम्म कुनै अत्तोपत्तो भएन । यो १ हप्ता कसरी बिताए त्यो मलाई मात्र थाहा छ । ५१ किलोको मान्छे म ४३ किलो भैसको थिए ।

मंसिरको ११ गते माथिल्लारे माइलो दाईको बिहेको लगन थियो । कोरीयाबाट आएका उनि स्टाप नर्स संग बिहे गर्दै थिए । बिहेको पञ्चेबाजा बजिरहेको थियो । यता मेरो मनमा पनि मुटुको ढुकढुकिको बाजा पनि निकै बजिरहेको थियो ।

दाईको बिहेमा म जानै पर्ने थियो । बिहान एकरत्ति मन नभएतापनि बिहेमा जन्त गए । मन भने समिक्षाको वरिपरि घुमिरहेको थियो । दाईको बिहेमा जादा । म समिक्षा र मेरो बिहेकोको तुलना गर्ने गर्दथ्थे ।

दाईको बिहेमा पुगेर बेहुली लिएर आउदै गर्दा मनको ढुकढुकि साह्रै बढेर आयो । छुट्टै खाले बेचैन भएर आयो । यसो फेसबुक खोलेर मन भुलाउने प्रयास गरे । फेसबुक खोल्दा म मोरौ कि बाचौ भयो । आखाँ घुमायो । म बाचेको छु कि मरेको छु नि थाहा पाएन । म कहाँ छु म को हु भन्ने लाग्यो । छाति पोलेर आयो । चिच्चाई चिच्चाई रुन मन लाग्यो ।

समिक्षाको वुवाले ह्याप्पि म्यारिज लाइफ छोरी भन्दै पोष्ट सेयर गरेका थियो ।

कति रोए । कति छटपटिए । कति रात अनिदो मै बिताए । उनि आउछिन कि भनेर बाटो हेर्दा हेर्दा आखाँ दुख्न थाल्यो न त उनको खबर आयो नत उनि नै आइन । विस्तारै विस्तारै आफुलाई सम्हाले । बुढा बाबा आमाको लागि भएनि म बाच्नु थियो ।

पागल मन बोकेर कयौ महिना बिताए । अब केहि नयाँ गर्नुपर्छ भन्ने सोचका साथमा मनलाई बल्लतल्ल सम्हाल्दै अगाडी बडे । मेरो मामाको छोरो विगत लामो समयदेखि काठमाण्डौमा बसेर लोकसेवको तयारी गरिरहेको थियो । उस्ले पनि बिहान लोकसेवाको कक्षा पढने अनि दिउसो सानो काम गर्दै पढदो रहेछ । म पनि उसकै सल्लाह अनुसार काठमाडौँ गएर पढने विचार गरे । लोकसेवाको कक्षा विहानमा अनि दिउसो होटेलमा ६ घण्टा ओएटरको काम गरेर काठमाडौँमा ज्यान पाल्ने मेसो गरिरहेको थिए ।

लोकसेवाको नसा यसरी चडयो कि म कक्षा भर्ना भएको केहि समयमा नै म सबैलाई बिर्सेर पढन थाले । काम गर्दै गर्दा पनि यता उति समय मिलाएर पढने गर्दथे ।

म लोकसेवा सुरु गरेको करिब ५–६ महिनापछि बैशाखमा प्रदेश अन्तर्गत खरिदारको लागि विज्ञापन खुल्यो तयारी त्यति थिएन तर नि आवेदन दिए । प्रथम पेपरको तयारी गरे परीक्षा भयो । नाम पनि निस्कियो । पहिलोपटकमा नै सफल हुदा खुशिको सिमा नै रहेको थिएन ।

दोसा्रे पत्रको तयारीमा जुटे परीक्षा भयो त्यसमा पनि पास भए । क्रमशः दसै अगाडी अन्तरवार्तासंगै म खरिदारमा नाम निकाल्न सफल भए ।

दसै आएको थियो मनमा खुशि अनेक थियो । गाउँलेहरु पनि निकै खुशि भएका थिए । दसैमा घर गए । सबै साथिहरुलाई सानोतिनो पार्टि पनि दिए । आमा लामो समयदेखि बिरामी हुनुहुन्थ्यो मेरा ४ ओटा दिदि सबैको बिबाह भैसकेको थियो । घरको काम सबै बाबाले गर्नुपर्ने थियो म घर छोडे देखि ।

बाबा पनि बुढो भैसक्नुभएको थियो । मैले जागिर खाएपछि घरमा बिहेको कुरा गर्नुभएको रहेछ । त्यति मात्र कहाँ हो र केटी पनि हेरिसक्नुभएको रहेछ । घरमा मम्मिले हामी बुढाबुढी भयौ त नि जागिरे भइस अब बिहे गर्नुपर्छ भन्नुभयो । म पनि बाबा आमाको दुःखलाई नकार्न नसकेर सहजै हस भने ।

बिहेको लागि केटि हेर्न गयौ । पल्लो गाउँकी एक जना केटी सीता । अग्लि, गहुँ गोरो वर्ण । सबैले इमान्दार छे भन्दा मलाई नि मन पर्याे । सरकारी जागिरे भन्दा केटीको परिवार र केटीले पनि सहर्स सुइकारी ।

बिहेको टुङ्गो लगाउदा मंसिरको १२ गते शुभ साहित निस्कियो । १ बर्ष पहिले म जन्त गएको थिए । मेरो प्रेमिका समिक्षाको सिन्दुर रङगिएको र म आफु बाचेर पनि मरेको जस्तो भएको दिन थियो । ठीक एक बर्षपछि समिक्षाकै नपाएपनि अरु कसैको सिन्दुर सङगाउन पाउदा कताकता खुशि पनि लागेको थियो ।

दसै र तिहारको बिचमा अफिसमा पुगेर । तिहारमा पुनः घर आए । तिहारको रोटी संगै मेरो बिहेको तयारी पनि निकै रहेको थियो ।

दिनहरु वित्दै गए । अब मङसिर १२ अर्थात मेरो बिहेको दिन पनि आउन लागेको थियो । विहेको लागि गरगहना कपडा सबै ऋण धन गरेर पनि जम्मा भैसकेको थियो । जागरि भएपछि त ऋण दिनपनि मान्छे डर मान्दो रहेनछन ।

मंसिरको १० गते हामि सबै तयारी गर्नको लागि दिदिहरु म मम्मि बाबा र छिमेकी केहि बसेका थियौ । बिहेको तरखरमा रहेका थियौ । १० गते घरभन्दा अलि पर ठूलो मेला लाग्ने गरेको थियो । मान्छेको आवतजावतले गर्दा पनि बाटो रमाइलो थियो ।

१० गते राति १० बजेर ३२ मिनेटमा केटिको घरबाट एउटा अचम्मको फोन आयो जस्ले मलाई एक बर्ष पहिले जस्तै फनफनी घुमायो,मुटुको चाल नै छिटो छिटो बडायो अनि मरेतुल्य बनायो । फोनको सन्देश थियो–मेलाबाट नै केटी अरु केटो संग भागि रे ।।।

उफ १ थुक्क मङ्सिर । बार बार चोट दिनै आउने गर्छस । अब अफिसका साथिलाई के भन्नु । यो तामझामको तयारी के गर्ने । ठगनु ठगिस मंसिर मैलाई ठगिस ।

मन साह्रै बेचैन भयो । रातिनै नाइट गाडिमा चडेर दाङतिर लागे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्