क्र.सं | पालिकाको नाम | लेखापरषिण रकम | बेरुजु रकम | प्रतिशत |
१ | गौमुखी गाउँपालिका | १०५२६४५ | ४४१२ | ०.१२ |
२ | झिमरुक गाउँपालिका | १२२५७१२ | ३६३६ | ०.३ |
३ | नौबहिनी गाउँपालिका | १३७९८३६ | ६२७७ | ०.४५ |
४ | सरुमारानी गाउँपालिका | ९०३८९९ | ० | ० |
५ | स्वर्गद्धारी नगरपालिका | १३३८२७८ | ३५२६७ | २.६४ |
६ | ऐरावती गाउँपालिका | १०५२५२३ | २४०७६ | २.२९ |
७ | प्युठान नगरपालिका | १६५२९७२ | २३३७ | ०.४ |
८ | माण्डवी गाउँपालिका | ९४७९१८ | २६१९४ | २.७६ |
९ | मल्लरानी गाउँपालिका | ८८१३२४ | ० | ० |
बेरुजुमा प्युठानको माण्डवी गाउँपालिका पहिलो

स्वर्गद्वारी अपडेट प्युठान।प्युठानको ७ स्थानीय तहहरु गरेर करिव ११ करोड रकम बेरुजु देखिएको छ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार जिल्लाका ७ स्थानीय तहको आर्थिक बर्ष २०७८/०७९ मा रु १० करोड ९९ लाख ७० हजार रुपैया बेरुजु देखिएको हो । तर मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकामा भने शुन्य देखिएको छ ।
महालेखा परीक्षकको कार्यालय अनुसार जिल्लामा सबैभन्दा बढी माण्डवी गाउँपालिकामा बेरुजु देखिएको छ।माण्डवी गाउँपालिकाको रु ९४ करोड ७९ लाख १८ हजारको लेखा परीक्षण गर्दा २ करोड ६१ लाख ९४ हजार बेरुजु देखिएको हो । जुन लेखा परीक्षणको २.७६ प्रतिशत हुन आउदछ । माण्डवी गाउँपालिका पछि बेरुजु बढी हुनेमा स्वर्गद्धारी नगरपालिका रहेको छ । १ अर्व ३३ करोड २ लाख ७ हजारको लेखा परीक्षणमा ३ करोड ५२ लाख ६७ हजार अर्थात २.६४ प्रतिशत बेरुजु देखिउको प्रतिवेदनमा उल्लेखित छ ।
रु. हजारमा
के हो बेरुजु ?
संघिय सरकारको खरिद उेन अनुसारको मापदण्ड पूरा नगरी गरिएका खर्चलाई महालेखा परिक्षकको कार्यालयले बेरुजुका रुपमा देखाउने गरेको छ । बेरुजु सैद्धान्तिक र नियमित गर्नुपर्ने र असुलउपर गर्नुपर्ने भनेर किटान गरिएको हुन्छ वा सम्बन्धित कागजातका रित पू¥याएर राख भनेर सुझाव समेत दिने काम पनि हो ।
आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २ मा प्रचलित कानूनबमोजिम पु¥याउनुपर्ने रित नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा मनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औाल्याएको वा ठहर्याएको कारोबारलाई बेरुजुका रूपमा परिभाषित गरेको छ।