समय : ०१:१६ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

फेरि कोरोना देखियो, ३ जनामा पुष्टि

स्वर्गद्वारी अपडेट | असार १७ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । बाँकेमा फेरि कोभिड देखिएको छ । भेरी अस्पतालमा शंकास्पद तीन वटा नमुनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले दुई जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए । कोभिड पुष्टि भएकाहरु २ जना नेपालगञ्ज १८ र १ जना नेपालगञ्ज(१० का हुन् । केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा संक्रमण देखिन थालेकोमा आइतबार बाँकेकै ३ जनामा कोभिड पुष्टि भएको हो । फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्