स्वर्गद्धारी अपडेट प्यूठान । तुलसीपुरका एकै परिवारका चार जना बिरामी हुदाँ एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ११ निवासी बुद्धिराम पुन ‘लाटा’को परिवारका चार सदस्य एक्कासी विरामी हुदा एक जनाको मृत्यु भएको छ भने तीन जनाको उपचार भैरहेको छ ।
 
राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको तुलसीपुर ११ का एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार मान बहादुर रावतले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।