प्युठान।ऐरावती गाउँपालिका बरौलामा सुबिधा सम्पन्न अस्पताल तिब्र गतिमा निर्माण हुदैछ।
२०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना अघि सारेको थियो।सोही अनुरुप बरौलामा स्थानीय सरकारले अस्पताल निर्माण गरिरहेको छ।
कूल १५ शय्याको आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन यतिबेला धमाधम निर्माण भईरहेको छ।घिसिङ्ग बिल्डर्स प्रा.ली काभ्रेपलान्चोक निर्माण फर्मले २०८० असार ६ गते देखी निर्माण कार्य सुरु गरिएको निर्माण कम्पनिले बताएको छ।२०८३ जेठ ३१ सम्म निर्माण सम्पन्न हुनुपर्ने सम्झौता गरेको थियो।कर सहित १८ करोडमा सम्पन्न हुने गरि निर्माण कम्पनीले सम्झौता गरेको ऐरावती गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख एंव इन्जीनियर सन्तोष नेपालीले बताए।सम्झौता पत्र अनुसार अगाबै निर्माण कार्य सम्पन्न हुने र हाल करिव १५ प्रतिशत काम बाँकी रहेको समेत इन्जिनियर नेपालीको भनाई छ।
कोभिड महामारीबाट सिकेको अनुभवको आधारमा भावी दिनमा यस्ता महामारीको सहज व्यवस्थापनका लागि सक्षम र प्रभावकारी स्वास्थ्य प्रणालीको विकास गर्ने ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले बताए।उनले भने –‘यस अस्पतालबाट विशेषज्ञ सहितको सेवा प्रवाह हुने हो तर कर्मचारी व्यवस्थापन भने थप चुनौती पनि रहेको अध्यक्ष शाहको भनाई छ।’ पालिकाले छात्रवृत्तिमा एम बि बि एस डाक्टर पढाईरहेको छ अब उनको पढाई सकेपछी मात्र ढुक्कले विशेषज्ञ सहितको सेवा प्रवाह हुने अध्यक्ष शाहले बताए।
ऐरावती गाउँपालिकामा कुल ६ वटा स्वास्थ्य चौकी र ४ वटा सामुदायिक स्वास्थ्य ईकाईबाट सेवा प्रवाह भएको छ।